नेभिगेशन
समाज

काठमाडौँ ७ मा रास्वपाबाट गणेश पराजुली प्रत्यक्षतर्फका उम्मेदवार

काठमाडौँ । रास्वपाले काठमाडौँ ७ को प्रत्यक्षतर्फको टिक पूर्व सांसद एवम् पार्टी सचिवालय सदस्य गणेश पराजुलीलाई दिएको छ। पराजुली २०७९ को निर्वाचनमा काठमाडौँको यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 

पराजुलीले काठमाडौँ ७ मा प्रत्यक्षतर्फको टिकट पाएको रास्वपाले जनाएको छ । नेपाली कांग्रेसका श्यामकुमार घिमिरेलाई दुई हजार मतान्तरले हराएर पराजुली निर्वाचित भएका थिए ।

CG

८ हजार ७४३ मतले पराजुली निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी घिमिरेले ६ हजार ८ सय मत पाएका थिए । रास्वपाकोतर्फबाट विघटित संसद् र संसदको समितिहरूमा  सशक्त र जिम्मेवार उपस्थिति देखाएका पराजुली पार्टीमा पनि प्रभावशाली नेताका रुपमा परिचित छन् । 

संसदमा कानुन निर्माण र सार्वजनिक चासोका विषयमा उनको चासो र खबरदारी प्रशंसनीय मानिन्छ ।  रास्वपामा वैकल्पिक शक्ति एकतामा पनि उनको भूमिका महत्वपूर्ण मानिन्छ ।

नीतिगतरुपमा संसदमा समेत खरो प्रस्तुत हुने पराजुलीले काठमाडौँ महानगरपालिका वडा न १६ को निर्वाचनमा रास्वपाका इतिहासमै पहिलो पटक स्थानीय तहमा वडा अध्यक्ष बनाउन मुख्य भूमिका खेलका थिए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केपी ओलीको जिल्लामा रास्वपाका हेभिवेट उम्मेदवार

केपी ओलीको जिल्लामा रास्वपाका हेभिवेट उम्मेदवार

रास्वपाले झापा जिल्लाका पाँच वटै क्षेत्रमा आफ्नो प्रत्यक्षतर्फको उम्मेदवार तय गरेको छ। एमाले र कांग्रेसको गढ मानिने झापामा प्रधानमन्त्रीका उम्मेदवार बालेन देखि पूर्व उपसभामुख र पूर्व सांसदसम्मलाई रास्वपाले...
हर्क साम्पाङले पनि दिए राजीनामा

हर्क साम्पाङले पनि दिए राजीनामा

उनी साम्पाङ विरुद्ध एकै क्षेत्रमा निर्वाचन लड्दैछन् । "आजबाट म मेयर साप रहिंन है । म आज देखि धराने जनता । जय माटो । जय देश" राजीनामा पछी...