नेभिगेशन
समाज

काठमाडौँ ७ मा रास्वपाबाट गणेश पराजुली प्रत्यक्षतर्फका उम्मेदवार

काठमाडौँ । रास्वपाले काठमाडौँ ७ को प्रत्यक्षतर्फको टिक पूर्व सांसद एवम् पार्टी सचिवालय सदस्य गणेश पराजुलीलाई दिएको छ। पराजुली २०७९ को निर्वाचनमा काठमाडौँको यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पराजुलीले काठमाडौँ ७ मा प्रत्यक्षतर्फको टिकट पाएको रास्वपाले जनाएको छ । नेपाली कांग्रेसका श्यामकुमार घिमिरेलाई दुई हजार मतान्तरले हराएर पराजुली निर्वाचित भएका थिए ।

Ncell
Extreme Energy

८ हजार ७४३ मतले पराजुली निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी घिमिरेले ६ हजार ८ सय मत पाएका थिए । रास्वपाकोतर्फबाट विघटित संसद् र संसदको समितिहरूमा  सशक्त र जिम्मेवार उपस्थिति देखाएका पराजुली पार्टीमा पनि प्रभावशाली नेताका रुपमा परिचित छन् । 

संसदमा कानुन निर्माण र सार्वजनिक चासोका विषयमा उनको चासो र खबरदारी प्रशंसनीय मानिन्छ ।  रास्वपामा वैकल्पिक शक्ति एकतामा पनि उनको भूमिका महत्वपूर्ण मानिन्छ ।

नीतिगतरुपमा संसदमा समेत खरो प्रस्तुत हुने पराजुलीले काठमाडौँ महानगरपालिका वडा न १६ को निर्वाचनमा रास्वपाका इतिहासमै पहिलो पटक स्थानीय तहमा वडा अध्यक्ष बनाउन मुख्य भूमिका खेलका थिए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता

विद्या भण्डारी एमाले वरिष्ठ नेता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।