नेभिगेशन
मुख्य समाचार

निर्वाचन आयोगद्वारा ‘कल सेन्टर’ शुभारम्भ

काठमाडौँ । मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले सोमबारदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ ।

निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  ‘कल सेन्टर’ मा छवटा डेस्क स्थापना गरिएको छ । ती डेस्कबाट एकसाथ मतदाताको जिज्ञासाको समाधान गरिने उनले बताए । कामको चापअनुसार डेस्क बढाउन पनि सकिने जनाइएको छ ।

CG

‘कल सेन्टर’ मा गण्डकी प्रदेशबाट फोन गरेका पहिलो व्यक्तिले यसअघि प्रकाशित भइसकेको लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ कि हुन्न भनी प्रश्न गरेका थिए । ‘कल सेन्टर’ का अधिकारीहरूले यसअघि नै तय भइसकेको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित नहुने जवाफ दिएका थिए ।

बिहान ९ देखि ६ बजेसम्म ‘कल सेन्टर’ सञ्चालन हुने आयोगले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कुनै जानकारी चाहिएमा वा जिज्ञासा राख्न चाहेमा सोमबारदेखि उम्मेदवार विजयी भएर प्रमाणपत्र नदिँदासम्म सञ्चालनमा आउने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जनकपुरबाट मधेशलाई रवि र बालेन अभिवादन(तस्विरहरु)

जनकपुरबाट मधेशलाई रवि र बालेन अभिवादन(तस्विरहरु)

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिहरु डोल प्रसाद अर्याल र स्वर्णिम वाग्लेलगायतका नेता सहभागी भएका छन् ।
देउवा विरुद्ध डडेल्धुराबाट चुनाव लड्न टिकट पाएपछि प्रदेशसभा सदस्य जोशीले दिए राजीनामा

देउवा विरुद्ध डडेल्धुराबाट चुनाव लड्न टिकट पाएपछि प्रदेशसभा सदस्य जोशीले दिए राजीनामा

२०७९ को निर्वाचनमा डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका...
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उनले भने, “बिरामीको उपचारलाई ध्यान दिएर हामीले आकस्मिक कक्ष...