नेभिगेशन
मुख्य समाचार

रास्वपाले बाजुराबाट हेमराज थापालाई चुनाव लडाउँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाजुराबाट हेमराज थापालाई प्रतिनिधिसभा उम्मेदवार लडाउने भएको छ ।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको उम्मेदवार छनोट सिफारिस उपसमितिले उनको नाम बाजुराबाट प्रतिनिधिसभा उम्मेदवारका लागि टुङ्गाएको हो । सामाजिक कार्यमा निरन्तर सक्रिय सामाजिक अभियान्ता थापालाई रास्वपाले बाजुराबाट उम्मेदवार उठाउन लागेको हो ।

CG

बाजुरा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्ला हो । यसअघि बाजुराबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।  उनले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३६० मतान्तरले पराजित गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जनकपुरबाट मधेशलाई रवि र बालेन अभिवादन(तस्विरहरु)

जनकपुरबाट मधेशलाई रवि र बालेन अभिवादन(तस्विरहरु)

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिहरु डोल प्रसाद अर्याल र स्वर्णिम वाग्लेलगायतका नेता सहभागी भएका छन् ।
देउवा विरुद्ध डडेल्धुराबाट चुनाव लड्न टिकट पाएपछि प्रदेशसभा सदस्य जोशीले दिए राजीनामा

देउवा विरुद्ध डडेल्धुराबाट चुनाव लड्न टिकट पाएपछि प्रदेशसभा सदस्य जोशीले दिए राजीनामा

२०७९ को निर्वाचनमा डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका...
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उनले भने, “बिरामीको उपचारलाई ध्यान दिएर हामीले आकस्मिक कक्ष...