नेभिगेशन
मुख्य समाचार

देउवा विरुद्ध डडेल्धुराबाट चुनाव लड्न टिकट पाएपछि प्रदेशसभा सदस्य जोशीले दिए राजीनामा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।

२०७९ को निर्वाचनमा डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन ।

CG

प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले आइतबार इमेलमार्फत राजीनामा दिएको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका डा जोशी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दुर्गा प्रसाई फेरी पक्राउ

दुर्गा प्रसाई फेरी पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका पोखराबाट पक्राउ परेका छन् । निर्वाचन आयोगका विषयमा भ्रम फैलाएको आरोपमा आयोगले कारवाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्रचार गरेको थियो । ...
जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छः अध्यक्ष ओली

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छः अध्यक्ष ओली

प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा सोमबार गृहजिल्ला झापा जादैं गर्दा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन ।
पदको लोभले होइन, देश र नागरिकको बिकासका लागि रास्वपामा आएः अमरेश कुमार

पदको लोभले होइन, देश र नागरिकको बिकासका लागि रास्वपामा आएः अमरेश कुमार

रास्वपा प्रवेश गरेपछि नेता सिंहले देशलाई अघि बढाउन रास्वपालाई अत्याधिक मतका साथ बिजयी गराउन आह्वान गरे । उनले आफु कुनै पदका लागि नभइ देश र नागरिकको बिकासका लागि...
रास्वपा सङ्घीयता विरोधी शक्ति होइन,यो भित्रको विकृति रोक्ने भनेको होः डा स्वर्णिम वाग्ले

रास्वपा सङ्घीयता विरोधी शक्ति होइन,यो भित्रको विकृति रोक्ने भनेको होः डा स्वर्णिम वाग्ले

जनकपुरमा आयोजित रास्वपाको पहिलो चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति डा वाग्लेले रास्वपाले सङ्घीयताको विकृति रोक्ने भनेको प्रस्ट्याए ।  रास्वपालाई सङ्घीयता विरोधी भन्दै प्रचार गरिएको भन्दै उनले यसको भ्रममा...