नेभिगेशन
मुख्य समाचार

निर्वाचन प्रणालीकाबारेमा असहमति हुँदाहुँदैपनि निर्वाचनमा होमिएका छौंः अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीकाबारेमा असहमति हुँदाहुँदैपनि पार्टी सम्पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा लिङ्देनले वर्तमान राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणालीमा देखिएको समस्या समाधान नगरि हुन लागेको निर्वाचनले निकास नदिने कुरामा पार्टी अडिग रहेपनि मुलुक जवरजस्त चूनावतर्फ अघि बढिसकेकाले पार्टी पनि सम्पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताएका हुन ।

CG

प्रजातान्त्रीक दल भएकाले आफुहरु निर्वाचनमा सहभागी हुने र चूनावलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने उनले बताए । उनले देशलाई दिर्घकालिन शान्ति तथा स्थायीत्व निर्माण गर्नका लागि पूर्वराजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नविनतम समझदारी आवश्यक रहेको धारणा व्यक्त गरे ।

अध्यक्ष लिङ्देनले अभिभावकीय संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको र दुई तहको संरचनासहितको व्यवस्था हुनुपर्ने दोहराए । कार्यक्रममा अध्यक्ष लिङ्देनले अधिवक्ता स्वागत नेपाललाई पार्टी प्रवेश गराएका थिए । अधिवक्ता नेपाललाई राप्रपाले  झापा–२ का लागि उम्मेदवारको रूपमा घोषणा समेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रविको हातबाट बालेनले लिए झापा-५ का लागि 'टिकट '

रविको हातबाट बालेनले लिए झापा-५ का लागि 'टिकट '

जनकपुरमा आयोजित रास्वपाका ‘परिवर्तन उद्घोष सभा’मा बालेनले पनि सम्बोधन गरेका थिए । जनकपुरबाट भने लामिछाने मनोनय दर्ताका लागि चितवन फर्कीदै छन् भने बालेन झापा ५ मा जाँदै छन्...
यी हुन् रास्वपाका सुनसरीबाट प्रतिनिधिसभा निर्वाचन लड्ने उम्मेदवार

यी हुन् रास्वपाका सुनसरीबाट प्रतिनिधिसभा निर्वाचन लड्ने उम्मेदवार

प्रतिनिधिसभा तर्फ चार निर्वाचन क्षेत्र रहेको सुनसरीका तीन निर्वाचन क्षेत्रका लागि रास्वपाले उम्मेदवार छनोट गरेको हो । सुनसरी १ बाट शरिन तामाङ(गोमा), सुनसरी २ बाट लाल विक्रम थापा...
मधेशमा बालेनको सम्बोधनः 'मलाई काम गर्न दिने हो भने घण्टीमा भोट हाल्नुस् '

मधेशमा बालेनको सम्बोधनः 'मलाई काम गर्न दिने हो भने घण्टीमा भोट हाल्नुस् '

सम्बोधनका क्रममा उनले मधेसको अधिकार, समाजवादको व्याख्या र आगामी निर्वाचनमा रास्वपलाई मतदान गर्न आह्वान गरे । उनले काठमाडौँमा उखु किसानले आन्दोलन गर्दा सिमित जिम्मेवारीले केहि गर्न नसकिएको दुख...
दुर्गा प्रसाई फेरी पक्राउ

दुर्गा प्रसाई फेरी पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका पोखराबाट पक्राउ परेका छन् । निर्वाचन आयोगका विषयमा भ्रम फैलाएको आरोपमा आयोगले कारवाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्रचार गरेको थियो । ...