नेभिगेशन
समाज

निर्वाचन प्रणालीकाबारेमा असहमति हुँदाहुँदैपनि निर्वाचनमा होमिएका छौंः अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीकाबारेमा असहमति हुँदाहुँदैपनि पार्टी सम्पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा लिङ्देनले वर्तमान राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणालीमा देखिएको समस्या समाधान नगरि हुन लागेको निर्वाचनले निकास नदिने कुरामा पार्टी अडिग रहेपनि मुलुक जवरजस्त चूनावतर्फ अघि बढिसकेकाले पार्टी पनि सम्पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताएका हुन ।

Ncell
Extreme Energy

प्रजातान्त्रीक दल भएकाले आफुहरु निर्वाचनमा सहभागी हुने र चूनावलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने उनले बताए । उनले देशलाई दिर्घकालिन शान्ति तथा स्थायीत्व निर्माण गर्नका लागि पूर्वराजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नविनतम समझदारी आवश्यक रहेको धारणा व्यक्त गरे ।

अध्यक्ष लिङ्देनले अभिभावकीय संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको र दुई तहको संरचनासहितको व्यवस्था हुनुपर्ने दोहराए । कार्यक्रममा अध्यक्ष लिङ्देनले अधिवक्ता स्वागत नेपाललाई पार्टी प्रवेश गराएका थिए । अधिवक्ता नेपाललाई राप्रपाले  झापा–२ का लागि उम्मेदवारको रूपमा घोषणा समेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।