नेभिगेशन
समाज

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छः अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा सोमबार गृहजिल्ला झापा जादैं गर्दा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन ।

Ncell
Extreme Energy

“शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,” उनले भने, “हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।” निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्ने उनले आग्रह गरे । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ मा आफ्नो उम्मेदवारी दर्ताका लागि आएको जिल्ला अध्यक्ष गिरीले बताए ।

पार्टीले निर्वाचन सन्दर्भमा आयोजना गर्ने कार्यकर्ता भेला र बैठकहरूलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने समेत कार्यक्रम रहेको उनले बताए । गत भदौमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली गृहजिल्लामा पहिलोपल्ट पुगेका हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।