नेभिगेशन
मुख्य समाचार

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छः अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा सोमबार गृहजिल्ला झापा जादैं गर्दा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन ।

CG

“शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,” उनले भने, “हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।” निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्ने उनले आग्रह गरे । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ मा आफ्नो उम्मेदवारी दर्ताका लागि आएको जिल्ला अध्यक्ष गिरीले बताए ।

पार्टीले निर्वाचन सन्दर्भमा आयोजना गर्ने कार्यकर्ता भेला र बैठकहरूलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने समेत कार्यक्रम रहेको उनले बताए । गत भदौमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली गृहजिल्लामा पहिलोपल्ट पुगेका हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति

सोमबार आयोगको कार्यालयमा सञ्चारकर्मीग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने र तोकिएको समय अर्थात माघ ६ गते मनोनयन दर्ता हुने...
सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।
डरत्रास नराखि ढुक्क भएर आफुबिरुद्ध चूनावी प्रतिष्पर्धा गर्न ओलीको सुझाव

डरत्रास नराखि ढुक्क भएर आफुबिरुद्ध चूनावी प्रतिष्पर्धा गर्न ओलीको सुझाव

सोमबार गृहजिल्ला झापा पुगेका ओलीले झापाको दमकमा आयोजित पत्रकार भेटघाटका क्रममा आफुहरु अरु जस्तो डर त्रासको राजनीति नगर्ने भन्दै आफुबिरुद्ध ढूक्कले प्रतिष्पर्धा गर्न सुझाव दिएका हुन । चर्चा...
मनोनयन दर्ताका लागि नेकपा संयोजक दाहाल रुकुम पूर्वमा

मनोनयन दर्ताका लागि नेकपा संयोजक दाहाल रुकुम पूर्वमा

अध्यक्ष दाहालले भोलि मङ्गलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए ।