नेभिगेशन
मुख्य समाचार

मधेशमा बालेनको सम्बोधनः 'मलाई काम गर्न दिने हो भने घण्टीमा भोट हाल्नुस् '

जनकपुरधाम । काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मधेसको छोरा प्रधानमन्त्री बन्ने सही समय आएको बताएका छन् ।  रास्वपाले आज जनकपुरधाममा आयोजना गरेको परिवर्तन सभालाई सम्बोधन गर्दै बालेनले मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको भन्दै सही समय आएकाले रास्वपाको चुनाव चिह्न घण्टीमा भोट हाल्न अनुरोध गरे ।

सम्बोधनका क्रममा उनले मधेसको अधिकार, समाजवादको व्याख्या र आगामी निर्वाचनमा रास्वपलाई मतदान गर्न आह्वान गरे । उनले काठमाडौँमा उखु किसानले आन्दोलन गर्दा सिमित जिम्मेवारीले केहि गर्न नसकिएको दुख पोख्दै काठमाडौँलाई अधिकार माग्ने ठाउँ नभए घुम्ने ठाउँ भएको संज्ञा दिएका छन् । 

CG

प्रदेश सरकारले प्रमुख प्रशासकीय अधिकृत फेर्न नसक्ने र त्यसका लागि काठमाडौँ धाउनुपर्ने अवस्थाको प्रसङ्ग निकाल्दै उनले अधिकारको प्रत्याभूतिका लागि वर्तमान प्रणालीमा रहेका चुनौतीहरूबारे बताए । 

बालेन्द्र शाहले काठमाडौँमा आफूले २० हजारभन्दा बढी विद्यार्थीलाई पढाएको र १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गराइएको कार्यलाई समाजवादको उदाहरणका रूपमा प्रस्तुत गरे । 

उनले मन्दिर र पोखरी संरक्षणका आफ्ना कामहरू पनि उल्लेख गर्दै जनकपुरमा पनि पोखरी संरक्षण आवश्यक रहेको र त्यो काम अब रास्वपाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो पहिलो भाषण भएको र मेयर पदबाट राजीनामा दिएपछि बल्ल फुर्सदमा रहेको बताउँदै उनले आफूलाई काम दिन आग्रह गरे । सभामा उपस्थित जनसमुदायलाई काम गर्न दिने हो भन्दै प्रश्नसमेत गरेका थिए । उनले मिथिलाको पावन भूमिमा आएको बताउँदै पूरै देशमा १० लाख पर्यटक आउँदा जनकपुर एक्लैले त्यो धान्न सक्ने दाबी गरे ।

सम्पूर्ण भाषण मैथिली भाषामा गरेका शाहले अन्त्यमा एक मधेसी छोरी प्रधानमन्त्री बन्न लागेको भन्दै सही समय आएकाले रास्वपाको चुनाव चिह्न घण्टीमा भोट हाल्न अनुरोध गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ, छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनले यसपटक...
रास्वपाले सागर ढकाललाई गुल्मी १ बाट उम्मेदवार बनायो

रास्वपाले सागर ढकाललाई गुल्मी १ बाट उम्मेदवार बनायो

ढकालले आफू गुल्मी १ बाट उम्मेदवार बन्न लागेको जानकारी गराएका छन् । साथै उनले गुल्मीलाई गुजरात मोडलमा काम गर्ने समेत दाबी गरे ।
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति

सोमबार आयोगको कार्यालयमा सञ्चारकर्मीग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने र तोकिएको समय अर्थात माघ ६ गते मनोनयन दर्ता हुने...
सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।