नेभिगेशन
समाज

मधेशमा बालेनको सम्बोधनः 'मलाई काम गर्न दिने हो भने घण्टीमा भोट हाल्नुस् '

जनकपुरधाम । काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मधेसको छोरा प्रधानमन्त्री बन्ने सही समय आएको बताएका छन् ।  रास्वपाले आज जनकपुरधाममा आयोजना गरेको परिवर्तन सभालाई सम्बोधन गर्दै बालेनले मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको भन्दै सही समय आएकाले रास्वपाको चुनाव चिह्न घण्टीमा भोट हाल्न अनुरोध गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्बोधनका क्रममा उनले मधेसको अधिकार, समाजवादको व्याख्या र आगामी निर्वाचनमा रास्वपलाई मतदान गर्न आह्वान गरे । उनले काठमाडौँमा उखु किसानले आन्दोलन गर्दा सिमित जिम्मेवारीले केहि गर्न नसकिएको दुख पोख्दै काठमाडौँलाई अधिकार माग्ने ठाउँ नभए घुम्ने ठाउँ भएको संज्ञा दिएका छन् । 

Ncell
Extreme Energy

प्रदेश सरकारले प्रमुख प्रशासकीय अधिकृत फेर्न नसक्ने र त्यसका लागि काठमाडौँ धाउनुपर्ने अवस्थाको प्रसङ्ग निकाल्दै उनले अधिकारको प्रत्याभूतिका लागि वर्तमान प्रणालीमा रहेका चुनौतीहरूबारे बताए । 

बालेन्द्र शाहले काठमाडौँमा आफूले २० हजारभन्दा बढी विद्यार्थीलाई पढाएको र १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गराइएको कार्यलाई समाजवादको उदाहरणका रूपमा प्रस्तुत गरे । 

उनले मन्दिर र पोखरी संरक्षणका आफ्ना कामहरू पनि उल्लेख गर्दै जनकपुरमा पनि पोखरी संरक्षण आवश्यक रहेको र त्यो काम अब रास्वपाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो पहिलो भाषण भएको र मेयर पदबाट राजीनामा दिएपछि बल्ल फुर्सदमा रहेको बताउँदै उनले आफूलाई काम दिन आग्रह गरे । सभामा उपस्थित जनसमुदायलाई काम गर्न दिने हो भन्दै प्रश्नसमेत गरेका थिए । उनले मिथिलाको पावन भूमिमा आएको बताउँदै पूरै देशमा १० लाख पर्यटक आउँदा जनकपुर एक्लैले त्यो धान्न सक्ने दाबी गरे ।

सम्पूर्ण भाषण मैथिली भाषामा गरेका शाहले अन्त्यमा एक मधेसी छोरी प्रधानमन्त्री बन्न लागेको भन्दै सही समय आएकाले रास्वपाको चुनाव चिह्न घण्टीमा भोट हाल्न अनुरोध गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।