नेभिगेशन
मुख्य समाचार

जनकपुरबाट रविले भनेः 'बालेनले देश बनाउँछ,बालेनले हाम्रो सपना पूरा गर्छ'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेनसँगको भेटमा ५ मिनेटमै आफूहरु सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको बताएका छन् ।  रास्वपाले जनकपुरमा आयोजना गरेको परिवर्तनका लागि उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले आफूहरु भेटको पाँच मिनेटभित्रै सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको बताएका हुन् । 

उनले भने,'जुन दिन बालेन र मेरो भेट भयो । त्यो ५ मिनेटमै सकिएको हो,देशको हित र जनताको चाहनाअनुसार हामी एक ठाउँमा आएका हौं'।

CG

स्वर्गीय आमाको तस्बिरसँग संवाद गर्दै अब देश बालेनले चलाउन सक्ने बताएको लामिछानेले सुनाए । उनले भने  'मैले आमाको तस्बिरमा हेरेर भनेँ आमा, बालेनले देश बनाउँछ । बालेनले हाम्रो सपना पूरा गर्छ । यसको साक्षी मेरी श्रीमति पनि छिन्'।

लामिछानेले सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाएर संसद् जाने पनि उद्घोष गरे ।'हिजो सबैभन्दा धेरै भोट ल्याएको सांसद बनेको थिएँ अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं,' उनले भने, 'मलाई सम्झना छ, जब चितवनका जनताले सबैभन्दा धेरै भोट दिएर संसद् पठाएका थिए तर छलछाम गरेर निकालियो ।'

सरकारले लगाएको मुद्दाले कुनै दिन आफूलाई जेलसमेत पुर्‍याउन सक्ने उनको भनाइ थियो । 'बच्चालाई गोली ठोकेर हेलिकोप्टरमा भागेको सरकारको मुद्दाले त्यो अवस्थामा पुर्‍याउला तर कुनै चिन्ता छैन, देशले बालेन पाएको छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ, छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनले यसपटक...
रास्वपाले सागर ढकाललाई गुल्मी १ बाट उम्मेदवार बनायो

रास्वपाले सागर ढकाललाई गुल्मी १ बाट उम्मेदवार बनायो

ढकालले आफू गुल्मी १ बाट उम्मेदवार बन्न लागेको जानकारी गराएका छन् । साथै उनले गुल्मीलाई गुजरात मोडलमा काम गर्ने समेत दाबी गरे ।
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति

सोमबार आयोगको कार्यालयमा सञ्चारकर्मीग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने र तोकिएको समय अर्थात माघ ६ गते मनोनयन दर्ता हुने...
सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।