नेभिगेशन
समाज

जनकपुरबाट रविले भनेः 'बालेनले देश बनाउँछ,बालेनले हाम्रो सपना पूरा गर्छ'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेनसँगको भेटमा ५ मिनेटमै आफूहरु सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको बताएका छन् ।  रास्वपाले जनकपुरमा आयोजना गरेको परिवर्तनका लागि उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले आफूहरु भेटको पाँच मिनेटभित्रै सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने,'जुन दिन बालेन र मेरो भेट भयो । त्यो ५ मिनेटमै सकिएको हो,देशको हित र जनताको चाहनाअनुसार हामी एक ठाउँमा आएका हौं'।

Ncell
Extreme Energy

स्वर्गीय आमाको तस्बिरसँग संवाद गर्दै अब देश बालेनले चलाउन सक्ने बताएको लामिछानेले सुनाए । उनले भने  'मैले आमाको तस्बिरमा हेरेर भनेँ आमा, बालेनले देश बनाउँछ । बालेनले हाम्रो सपना पूरा गर्छ । यसको साक्षी मेरी श्रीमति पनि छिन्'।

लामिछानेले सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाएर संसद् जाने पनि उद्घोष गरे ।'हिजो सबैभन्दा धेरै भोट ल्याएको सांसद बनेको थिएँ अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं,' उनले भने, 'मलाई सम्झना छ, जब चितवनका जनताले सबैभन्दा धेरै भोट दिएर संसद् पठाएका थिए तर छलछाम गरेर निकालियो ।'

सरकारले लगाएको मुद्दाले कुनै दिन आफूलाई जेलसमेत पुर्‍याउन सक्ने उनको भनाइ थियो । 'बच्चालाई गोली ठोकेर हेलिकोप्टरमा भागेको सरकारको मुद्दाले त्यो अवस्थामा पुर्‍याउला तर कुनै चिन्ता छैन, देशले बालेन पाएको छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।