नेभिगेशन
मुख्य समाचार

डरत्रास नराखि ढुक्क भएर आफुबिरुद्ध चूनावी प्रतिष्पर्धा गर्न ओलीको सुझाव

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डरत्रास नराखि ढुक्क भएर आफुबिरुद्ध चूनावी प्रतिष्पर्धा गर्न बिपक्षी उम्मेद्वारहरुलाई सुझाव दिएका छन् ।

सोमबार गृहजिल्ला झापा पुगेका ओलीले झापाको दमकमा आयोजित पत्रकार भेटघाटका क्रममा आफुहरु अरु जस्तो डर त्रासको राजनीति नगर्ने भन्दै आफुबिरुद्ध ढूक्कले प्रतिष्पर्धा गर्न सुझाव दिएका हुन । चर्चा होस भनेर आफुहरुबिरुद्ध उम्मेदवारी दिन चाहनेहरु देखिएको भन्दै ओलीले चूनावी प्रतिष्पर्धालाई स्वभाविक रुपमा लिएको धारणा व्यक्त गरेका थिए ।

CG

उनले आफुले झापामा शिक्षा, स्वास्थ्य, खानेपानीलगाएत पूर्वाधार बिकासमा असाधारण बिकास भएको दावी गरे । कृषिको आधुनिकीकरण, उद्योगहरु बनाउँदै लाने अन्तिम तयारीमा रहेको र झापाको योजनाले धेरै रोजगारीको सृजना गर्नका लागि यान्त्रिकरण गरिरहेको उनले बताए ।

उनले एमाले बाहेक अरुसंग बिकासको कुनै योजना नै नरहेको उल्लेख गरे । त्यस्तै ओलीले देशलाई चाहिएको शान्ति सुरक्षामा सरकार उदासिन देखिएको समेत बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ, छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनले यसपटक...
रास्वपाले सागर ढकाललाई गुल्मी १ बाट उम्मेदवार बनायो

रास्वपाले सागर ढकाललाई गुल्मी १ बाट उम्मेदवार बनायो

ढकालले आफू गुल्मी १ बाट उम्मेदवार बन्न लागेको जानकारी गराएका छन् । साथै उनले गुल्मीलाई गुजरात मोडलमा काम गर्ने समेत दाबी गरे ।
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति

सोमबार आयोगको कार्यालयमा सञ्चारकर्मीग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने र तोकिएको समय अर्थात माघ ६ गते मनोनयन दर्ता हुने...
सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।