नेभिगेशन
समाज

केन्द्रले तोकेको उम्मेदवारमा असुन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्लाका जिल्ला कार्य समिति, सबै पालिका समिति र वडा कमिटीका पदाधिकारीहरूले उम्मेदवारी चयनमा असमती राख्दै सामूहिक राजीनामा दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले ऋतुराज लिम्बूलाई तेह्रथुममा उठाउने गरी उम्मेदवारी दिएपछि टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्।

Ncell
Extreme Energy

राजीनामा पत्रमा उल्लेख गरिएको छ, ‘भदौ २३ र २४ गते सम्पन्न जेनजी जनआन्दोलनपछि मुलुकले नयाँ राजनीतिक मोड लिएको र त्यसको मर्मअनुसार तेह्रथुमबाट युवा, सक्षम र अब्बल उम्मेदवारका रूपमा अवेर तेह्रथुमु का संयोजक सुरेन्द्र कार्कीलाई साझा उम्मेदवार बनाउने व्यापक राजनीतिक सहमति भएको थियो। सो सहमतिअनुसार घण्टी चुनाव चिह्न लिएर आगामी निर्वाचनमा अघि बढ्ने निर्णय गरिएको र पार्टीको नियमित प्रक्रिया अनुसार प्रदेश र केन्द्रमा आवश्यक औपचारिकता पूरा गरियो।

यसको बाबजुत पार्टीले नै पारित गरेको उम्मेदवार छनोट प्रक्रियाभन्दा बाहिर गएर जिल्ला कार्य समिति र प्रदेश समितिको भावना विपरीत अमुक व्यक्तिलाई उम्मेदवारको टिकट दिँदा पार्टीको विधिमाथि त प्रश्न उठ्यो नै, जिल्लागत रूपम व्यापक राजनीतिक सहमतिबाट गरिएको निर्णयमा समेत कुठराघात भयो।’

राजीनामा पत्रमा यस घटनाले तेह्रथुमको जनभावनामा गम्भीर असर पुगेको उल्लेख गर्दै केन्द्र र प्रदेशसँग सहकार्य गरी गरिएको सहमति पूरा गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै सामूहिक राजीनामा दिएको जनाइएको छ।

राजीनामा दिनेमा जिल्ला कार्यसमिति तेह्रथुमका सभापति सुमन खत्री, म्याङलुङ नगरपालिका, लालिगुराँस नगरपालिका, मेन्छयायेम गाउँपालिका, छथर गाउँपालिका, फेदाप गाउँपालिका र आठराई गाउँपालिकाका पालिका समिति तथा सबै वडा कमिटीका पदाधिकारीहरू रहेका छन्। साथै केन्द्रीय सम्पर्क विभाग तेह्रथुमका संयोजक गुणनिधि अङ्तोलाले पनि राजीनामा दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज तेस्रो दिन पनि बस्दैछ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट सुरु हुँदैछ ।
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।