नेभिगेशन
मुख्य समाचार

केन्द्रले तोकेको उम्मेदवारमा असुन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्लाका जिल्ला कार्य समिति, सबै पालिका समिति र वडा कमिटीका पदाधिकारीहरूले उम्मेदवारी चयनमा असमती राख्दै सामूहिक राजीनामा दिएका छन्।

रास्वपाले ऋतुराज लिम्बूलाई तेह्रथुममा उठाउने गरी उम्मेदवारी दिएपछि टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्।

CG

राजीनामा पत्रमा उल्लेख गरिएको छ, ‘भदौ २३ र २४ गते सम्पन्न जेनजी जनआन्दोलनपछि मुलुकले नयाँ राजनीतिक मोड लिएको र त्यसको मर्मअनुसार तेह्रथुमबाट युवा, सक्षम र अब्बल उम्मेदवारका रूपमा अवेर तेह्रथुमु का संयोजक सुरेन्द्र कार्कीलाई साझा उम्मेदवार बनाउने व्यापक राजनीतिक सहमति भएको थियो। सो सहमतिअनुसार घण्टी चुनाव चिह्न लिएर आगामी निर्वाचनमा अघि बढ्ने निर्णय गरिएको र पार्टीको नियमित प्रक्रिया अनुसार प्रदेश र केन्द्रमा आवश्यक औपचारिकता पूरा गरियो।

यसको बाबजुत पार्टीले नै पारित गरेको उम्मेदवार छनोट प्रक्रियाभन्दा बाहिर गएर जिल्ला कार्य समिति र प्रदेश समितिको भावना विपरीत अमुक व्यक्तिलाई उम्मेदवारको टिकट दिँदा पार्टीको विधिमाथि त प्रश्न उठ्यो नै, जिल्लागत रूपम व्यापक राजनीतिक सहमतिबाट गरिएको निर्णयमा समेत कुठराघात भयो।’

राजीनामा पत्रमा यस घटनाले तेह्रथुमको जनभावनामा गम्भीर असर पुगेको उल्लेख गर्दै केन्द्र र प्रदेशसँग सहकार्य गरी गरिएको सहमति पूरा गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै सामूहिक राजीनामा दिएको जनाइएको छ।

राजीनामा दिनेमा जिल्ला कार्यसमिति तेह्रथुमका सभापति सुमन खत्री, म्याङलुङ नगरपालिका, लालिगुराँस नगरपालिका, मेन्छयायेम गाउँपालिका, छथर गाउँपालिका, फेदाप गाउँपालिका र आठराई गाउँपालिकाका पालिका समिति तथा सबै वडा कमिटीका पदाधिकारीहरू रहेका छन्। साथै केन्द्रीय सम्पर्क विभाग तेह्रथुमका संयोजक गुणनिधि अङ्तोलाले पनि राजीनामा दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ, छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनले यसपटक...
रास्वपाले सागर ढकाललाई गुल्मी १ बाट उम्मेदवार बनायो

रास्वपाले सागर ढकाललाई गुल्मी १ बाट उम्मेदवार बनायो

ढकालले आफू गुल्मी १ बाट उम्मेदवार बन्न लागेको जानकारी गराएका छन् । साथै उनले गुल्मीलाई गुजरात मोडलमा काम गर्ने समेत दाबी गरे ।
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति

सोमबार आयोगको कार्यालयमा सञ्चारकर्मीग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने र तोकिएको समय अर्थात माघ ६ गते मनोनयन दर्ता हुने...
सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।