नेभिगेशन
समाज

अब बालेनलाई जिताउने भन्दै कांग्रेसका दमक सभापतिले दिए राजीनामा

झापा । झापा ५ मा रास्वपाका उम्मेदवार वरिष्ठ नेता बालेन शाहलाई सहयोग गर्ने भन्दै नेपाली का‌ंग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिँदै झापा ५ मा रास्वपाका उम्मेदवार बालेन शाहलाई सघाउने उल्लेख गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले आफ्नो पद र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् । उनले अबको आफ्नो यात्रा पद, कुर्सी वा झण्डाका लागि नभई देशमा परिवर्तन ल्याउनका लागि हुने बताएका छन्

Ncell
Extreme Energy

उनले बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै लेखेका छन्,’काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछु।’

प्रसाईँकी श्रीमती रेगिना भट्टराई दमक नगरपालिकाकी उपमेयर छन् । उनी नेपाली कांग्रेस तर्फबाट ०७९ को चुनावमा विजयी भएकी हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन...
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै जाने देखिएपछि कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भर्खरै