नेभिगेशन
समाज

देशैभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै क्षेत्रसहित मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले मंगलबार बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समय निर्धारण गरेको थियो ।

Ncell
Extreme Energy

निर्वाचन आयोगका अनुसार २७५ स्थानका लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी साँझ ५ बजेसम्मको विवरणमा दुई हजार ३३५ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गरिसकेका उम्मेदवारले ५ः०० बजेपछि पनि दर्ता गराउन सक्नेछन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मनोनयनपत्रको समग्र अवस्थाबारे आयोगले मंगलबार ५ः३० बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताए । काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० वटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मनोनयनपत्र दर्ता भएको बताए । उनले राजनीतिक दलका साथै स्वतन्त्रका तर्फबाट पनि उत्तिकै उम्मेदवारी परेको जानकारी दिए ।

थापाथलीस्थित काठमाडौँ निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत शान्ति न्यौपानेले व्यवस्थित रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको जानकारी दिँदै दर्ता गर्न आउँदा अधिकृतको कार्यालयभित्र प्रवेशका लागि उम्मेदवारका साथ बढीमा पाँच जनालाई मात्र भित्र प्रवेश दिइएकाले सुरक्षा व्यवस्था पनि सहज भएको बताइन ।

गोकर्णस्थित काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत चमिला भट्टराईले उम्मेदवारी दर्ताका लागि एक हजार ५०० ले फारम लगे पनि ४ः३० बजेसम्म १५ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५...
अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई अनुरोध गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।
स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

नेपाली कम्युनिष्ट पार्टीले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा संगठन सुदृढीकरणमा जुटेको हो ।