नेभिगेशन
मुख्य समाचार

स्वतन्त्र, निष्पक्ष र भयरहित भएर निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न एमालेको अपिल

काठमाडौँ । नेकपा एमालेले स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले निर्भिक भएर आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न अपिल गरेको छ ।

नेकपा एमाले आम निर्वाचन प्रचार समितिले मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै लोकतन्त्रलाई सहि दिशामा फर्काउनका लागि निर्भिक भएर आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न अपिल गरेको हो ।

CG

वर्तमान शासन प्रणाली, संवैधानिक सर्वोच्चता, कानून शासन, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेले तय गरेको लक्ष्यलाई हासिल गर्न आफ्ना उम्मेदवारलाई मतदान गर्न एमालेले आग्रह गरेको छ । निर्वाचनमा यसपटक ५४ दशमलव ५४ प्रतिशत नयाँ अनुहारलाई मौका दिइएको एमालेले जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष राम बहादुर थापा बादलले एमालेले अघि सारेका मुद्दा र यसअघि गरेका कामका आधारमा आगामी निर्वाचनमा जनताले विश्वास गर्ने बताए । राष्ट्रिय स्वाधिनतालाई पुनस्थापनाका साथै स्थायीत्वका लागिपनि निर्वाचनमा सहभागी हुन जरुरी रहेको उनले बताए । उनले मुलुकलाई निकास दिनका लागि आगामी दिनमा बामपन्थी शक्तिहरुबीच सहकार्य हुन सक्ने उल्लेख गरे ।

उनले एमालेको नेतृत्वमा देशभक्त र लोकतान्त्रिक शक्तिहरुको सरकार गठन गर्ने संकल्प गरेको र निर्वाचनमा अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

सो निर्वाचन क्षेत्रमा रास्वपाले यसपटक १२ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको हो । एक निर्वाचन क्षेत्र रहेको सल्यानमा ललितकुमार चन्द, डोल्पामा देव सिंह ऐडी, मुगुमा राजेन्द्र बहादुर...
रास्वपाले १६४ स्थानमा गरायो मनोनय दर्ता, १४ महिला र १५० पुरुष उम्मेदवार (सबैका सूची)

रास्वपाले १६४ स्थानमा गरायो मनोनय दर्ता, १४ महिला र १५० पुरुष उम्मेदवार (सबैका सूची)

रास्वपाका मनाङका  उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उहाँले बताउनुभयो । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिनुभएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब...
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)

कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको पदाधिकारी सम्मिलित संसदीय बोर्डले आजैमात्र सबै निर्वाचन क्षेत्रका लागि पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लगाएको थियो । कांग्रेसले सुदूरपश्चिमका १६, कर्णालीका १२, लुम्बिनीका...
यी हुन् नेकपाका १६५ उम्मेदवार

यी हुन् नेकपाका १६५ उम्मेदवार

नेकपाबाट टिकट पाउनुभएका सबै उम्मेदवारले आज आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगी मनोनयन दर्ता गराउनुभएको पार्टीका नेता गोविन्द आचार्यले जानकारी दिनुभयो । बागलुङ–१ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार लाई...