नेभिगेशन
समाज

स्वतन्त्र, निष्पक्ष र भयरहित भएर निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न एमालेको अपिल

काठमाडौँ । नेकपा एमालेले स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले निर्भिक भएर आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न अपिल गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा एमाले आम निर्वाचन प्रचार समितिले मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै लोकतन्त्रलाई सहि दिशामा फर्काउनका लागि निर्भिक भएर आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न अपिल गरेको हो ।

Ncell
Extreme Energy

वर्तमान शासन प्रणाली, संवैधानिक सर्वोच्चता, कानून शासन, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेले तय गरेको लक्ष्यलाई हासिल गर्न आफ्ना उम्मेदवारलाई मतदान गर्न एमालेले आग्रह गरेको छ । निर्वाचनमा यसपटक ५४ दशमलव ५४ प्रतिशत नयाँ अनुहारलाई मौका दिइएको एमालेले जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष राम बहादुर थापा बादलले एमालेले अघि सारेका मुद्दा र यसअघि गरेका कामका आधारमा आगामी निर्वाचनमा जनताले विश्वास गर्ने बताए । राष्ट्रिय स्वाधिनतालाई पुनस्थापनाका साथै स्थायीत्वका लागिपनि निर्वाचनमा सहभागी हुन जरुरी रहेको उनले बताए । उनले मुलुकलाई निकास दिनका लागि आगामी दिनमा बामपन्थी शक्तिहरुबीच सहकार्य हुन सक्ने उल्लेख गरे ।

उनले एमालेको नेतृत्वमा देशभक्त र लोकतान्त्रिक शक्तिहरुको सरकार गठन गर्ने संकल्प गरेको र निर्वाचनमा अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

घट्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५...
अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

अमेरिका उडेका बालेनलाई रविले भने, हाम्रा सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका सरोकारका सबै विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई अनुरोध गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।
स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

स्थानीय निर्वाचनको तयारीमा जुटे प्रचण्ड र माधव नेपाल, विशेष अभियानको घोषणा

नेपाली कम्युनिष्ट पार्टीले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा संगठन सुदृढीकरणमा जुटेको हो ।