नेभिगेशन
मुख्य समाचार

देशैभर प्रत्यक्षतर्फ करिव तीन हजारको संख्यामा उम्मेद्वारी दर्ता

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशैभर उत्साहजनक र शान्तिपूर्ण रुपमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको जनाएको छ ।

आयोगले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उम्मेदवारहरुको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धीत मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको हो ।

CG

देशैभर प्रत्यक्षतर्फ करिव तीन हजारको संख्यामा उम्मेद्वारी दर्ता भएको छ भने पुरुष उम्मेदवारको तुलनामा महिला उम्मेदवारको संख्या निकै न्यून रहेको आयोगले जानकारी दिएको छ । आयोगका अनुसार सवै भन्दा बढि उम्मेदवारी रुपन्देही र सवै भन्दा कम उम्मेदवारी मुस्ताङमा परेको छ ।

पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उत्साहढंगले उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको र आगामी निर्वाचनमा पनि उत्साहपूर्ण सहभागीता हुने बताए । निर्वाचनका लागि मतदानस्थलका लागि आवश्यक जनशक्तिको व्यवस्था भइसकेको उनको भनाइ छ । उनले शान्ति सुरक्षाका बिषयमा सरकारलाई सवै सुरक्षा निकायको परिचालनका लागि आग्रह गरिसकेको उल्लेख गरे ।

आम निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका स्थानीय र प्रदेश तहमा आयोगले उपनिर्वाचन गर्ने उनको भनाइ छ । निर्वाचन कार्यक्रम अन्तर्गत माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

त्यसैगरि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

सो निर्वाचन क्षेत्रमा रास्वपाले यसपटक १२ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको हो । एक निर्वाचन क्षेत्र रहेको सल्यानमा ललितकुमार चन्द, डोल्पामा देव सिंह ऐडी, मुगुमा राजेन्द्र बहादुर...
रास्वपाले १६४ स्थानमा गरायो मनोनय दर्ता, १४ महिला र १५० पुरुष उम्मेदवार (सबैका सूची)

रास्वपाले १६४ स्थानमा गरायो मनोनय दर्ता, १४ महिला र १५० पुरुष उम्मेदवार (सबैका सूची)

रास्वपाका मनाङका  उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उहाँले बताउनुभयो । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिनुभएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब...
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)

कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको पदाधिकारी सम्मिलित संसदीय बोर्डले आजैमात्र सबै निर्वाचन क्षेत्रका लागि पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लगाएको थियो । कांग्रेसले सुदूरपश्चिमका १६, कर्णालीका १२, लुम्बिनीका...
यी हुन् नेकपाका १६५ उम्मेदवार

यी हुन् नेकपाका १६५ उम्मेदवार

नेकपाबाट टिकट पाउनुभएका सबै उम्मेदवारले आज आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगी मनोनयन दर्ता गराउनुभएको पार्टीका नेता गोविन्द आचार्यले जानकारी दिनुभयो । बागलुङ–१ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार लाई...