नेभिगेशन
समाज

देशैभर प्रत्यक्षतर्फ करिव तीन हजारको संख्यामा उम्मेद्वारी दर्ता

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशैभर उत्साहजनक र शान्तिपूर्ण रुपमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उम्मेदवारहरुको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धीत मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको हो ।

Ncell
Extreme Energy

देशैभर प्रत्यक्षतर्फ करिव तीन हजारको संख्यामा उम्मेद्वारी दर्ता भएको छ भने पुरुष उम्मेदवारको तुलनामा महिला उम्मेदवारको संख्या निकै न्यून रहेको आयोगले जानकारी दिएको छ । आयोगका अनुसार सवै भन्दा बढि उम्मेदवारी रुपन्देही र सवै भन्दा कम उम्मेदवारी मुस्ताङमा परेको छ ।

पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उत्साहढंगले उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको र आगामी निर्वाचनमा पनि उत्साहपूर्ण सहभागीता हुने बताए । निर्वाचनका लागि मतदानस्थलका लागि आवश्यक जनशक्तिको व्यवस्था भइसकेको उनको भनाइ छ । उनले शान्ति सुरक्षाका बिषयमा सरकारलाई सवै सुरक्षा निकायको परिचालनका लागि आग्रह गरिसकेको उल्लेख गरे ।

आम निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका स्थानीय र प्रदेश तहमा आयोगले उपनिर्वाचन गर्ने उनको भनाइ छ । निर्वाचन कार्यक्रम अन्तर्गत माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

त्यसैगरि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।