नेभिगेशन
समाज

मनोनयन दर्ताले प्रधानमन्त्री उत्साहित, भन्छिन् ‘अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था अन्त्य भयो’

काठमाडाैँ । देशभर फागुन २१ को निर्वाचनका लागि उल्लासपूर्ण रुपमा मनोनयन दर्ता भए पछि प्रधानमन्त्री सुशीला कार्कीले खुसी व्यक्ति गरेकी छिन् । मङ्गलबार साँझ एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले अब मुुलुकबाट अन्यौल र अनिश्चितताको अवस्थाको अन्त्य भएको बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फागुन २१ को निर्वाचनका लागि आज मुलुकले शान्तिपूर्ण मनोनयन दर्ताबाट एक कोशेढुङगा पार गरेको पनि उनले सन्देशमा भनेकी छिन् । निर्धारित समयमै १६५ पदका लागि ३ हजार चार सय हाराहारी मनोनयन दर्ता हुनु लोकतन्त्रको लागि महत्वपूर्ण रहेको उनको भनाई छ।

Ncell
Extreme Energy

‘अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ। सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् । उनले निर्वाचन सुरक्षामा सुरक्षाका सबै अङ्गको चुस्त परिचालन गरिएको भन्दै निश्चिन्त बन्न पनि सबैलाई आग्रह गरेकी छिन् ।

‘निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरूलाई पुनः स्मरण गराउँछु। सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् । 
 

यस्तो छ प्रधानमन्त्री कार्कीको सन्देशको पूर्ण पाठ 
 

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि आज हामीले अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गर्न सफल भएका छौँ। निर्धारित समयतालिका भित्र उत्साहजनक रुपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा म हार्दिक आभार व्यक्त गर्दछु।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरूलाई पुनः स्मरण गराउँछु। सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन। हाम्रा सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन्। 

१६५ पदका लागि ३,४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण हो। नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको छ।

निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको छ। अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ। सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ। 

निर्वाचन कार्यतालिका बमोजिम अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा निर्वाचन आयोगलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु। 

साथै, यो लोकतान्त्रिक अभ्यासलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गर्दछु।
अन्त्यमा, दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस निर्वाचनमा सक्रिय र संयमसाथ सहभागी हुन हार्दिक अपिल गर्दछु।
धन्यवाद।
२०८२ माघ ६ गते

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।