नेभिगेशन
मुख्य समाचार

मनोनयन दर्ताले प्रधानमन्त्री उत्साहित, भन्छिन् ‘अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था अन्त्य भयो’

काठमाडाैँ । देशभर फागुन २१ को निर्वाचनका लागि उल्लासपूर्ण रुपमा मनोनयन दर्ता भए पछि प्रधानमन्त्री सुशीला कार्कीले खुसी व्यक्ति गरेकी छिन् । मङ्गलबार साँझ एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले अब मुुलुकबाट अन्यौल र अनिश्चितताको अवस्थाको अन्त्य भएको बताइन् । 

फागुन २१ को निर्वाचनका लागि आज मुलुकले शान्तिपूर्ण मनोनयन दर्ताबाट एक कोशेढुङगा पार गरेको पनि उनले सन्देशमा भनेकी छिन् । निर्धारित समयमै १६५ पदका लागि ३ हजार चार सय हाराहारी मनोनयन दर्ता हुनु लोकतन्त्रको लागि महत्वपूर्ण रहेको उनको भनाई छ।

CG

‘अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ। सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् । उनले निर्वाचन सुरक्षामा सुरक्षाका सबै अङ्गको चुस्त परिचालन गरिएको भन्दै निश्चिन्त बन्न पनि सबैलाई आग्रह गरेकी छिन् ।

‘निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरूलाई पुनः स्मरण गराउँछु। सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् । 
 

यस्तो छ प्रधानमन्त्री कार्कीको सन्देशको पूर्ण पाठ 
 

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि आज हामीले अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गर्न सफल भएका छौँ। निर्धारित समयतालिका भित्र उत्साहजनक रुपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा म हार्दिक आभार व्यक्त गर्दछु।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरूलाई पुनः स्मरण गराउँछु। सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन। हाम्रा सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन्। 

१६५ पदका लागि ३,४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण हो। नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको छ।

निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको छ। अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ। सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ। 

निर्वाचन कार्यतालिका बमोजिम अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा निर्वाचन आयोगलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु। 

साथै, यो लोकतान्त्रिक अभ्यासलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गर्दछु।
अन्त्यमा, दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस निर्वाचनमा सक्रिय र संयमसाथ सहभागी हुन हार्दिक अपिल गर्दछु।
धन्यवाद।
२०८२ माघ ६ गते

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

सो निर्वाचन क्षेत्रमा रास्वपाले यसपटक १२ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको हो । एक निर्वाचन क्षेत्र रहेको सल्यानमा ललितकुमार चन्द, डोल्पामा देव सिंह ऐडी, मुगुमा राजेन्द्र बहादुर...
रास्वपाले १६४ स्थानमा गरायो मनोनय दर्ता, १४ महिला र १५० पुरुष उम्मेदवार (सबैका सूची)

रास्वपाले १६४ स्थानमा गरायो मनोनय दर्ता, १४ महिला र १५० पुरुष उम्मेदवार (सबैका सूची)

रास्वपाका मनाङका  उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उहाँले बताउनुभयो । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिनुभएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब...
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)

कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको पदाधिकारी सम्मिलित संसदीय बोर्डले आजैमात्र सबै निर्वाचन क्षेत्रका लागि पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लगाएको थियो । कांग्रेसले सुदूरपश्चिमका १६, कर्णालीका १२, लुम्बिनीका...