नेभिगेशन
समाज

परिवर्तनका लागि, राष्ट्र लागि र बालेनका लागि भोट भन्दै युवासङ्घ दमकका अध्यक्ष खतिवडाले त्यागे एमाले

काठमाडौँ । एमाले युवा सङ्घ नगर अध्यक्ष छवि खतिवडाले एमाले परित्याग गरेका छन् । परिवर्तनका लागि, राष्ट्र लागि र बालेनका लागि भोट भन्दै उनले एमाले परित्याग गरेको समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा वरिष्ठ नेता एवम् झापा ५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाहसँगको फोटो पोष्ट गर्दै खतिवडाले यस्तो लेखेका हुन् । 

Ncell
Extreme Energy

पार्टी परित्यागबारे यस्तो लेखेका छन् खतिवडाले ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा ९एमाले० को सङ्गठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु।

यो मेरो राजनीतिक जीवनमा सहयोग गर्नुहुने पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सदैव लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् ९ एजेण्डा

एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् ९ एजेण्डा

बैठकको प्रमुख एजेन्डामा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै केन्द्रीय कमिटीमा मनोनयन, विभाग गठन, पोलिटब्युरो र स्थायी समिति गठन रहेका छन्।