नेभिगेशन
मुख्य समाचार

एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्षनै रास्वपा प्रवेश, भन्छन् ‘अब बालेनलाई सघाउँछौं’

झापा । राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडा र राष्ट्रिय युवा संघका उपाध्यक्ष बिजय तामाङमा रास्वपा प्रवेश गरेका छ्न ।

उनीहरु दुबै जनाले नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट माघ ७ गतेदेखि औपचारिक छोडेको जनाकारी दिएका छन् । त्यस्तै आजकै दिनदेखि आफुहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानलाई साथ–समर्थन जनाउने निर्णय गरेको बताए ।

CG

सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गरेका छन् । उनले झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

खतिवडाले आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने नेकपा (एमाले), राष्ट्रिय युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् । साथै, अग्रगामी परिवर्तन, सामाजिक न्याय र राष्ट्रको हितका पक्षमा सदैव लागिरहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
झापा–५ का उम्मेदवार बालेन शाहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन

झापा–५ का उम्मेदवार बालेन शाहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन

भेटका क्रममा दुवै नेताबीच परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वबारे छलफल भएको बताइएको छ। बालेन शाहले इन्दिरा रानामगरको उम्मेदवारीले झापा–२ मा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै जितका...
सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २ सय १० उम्मेदवार चुनावी मैदानमा

सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २ सय १० उम्मेदवार चुनावी मैदानमा

प्रदेश निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कैलाली निर्वाचन क्षेत्र नं १ मा १९ जना, कैलाली–२ मा १६,...
प्रतिनिधिसभा निर्वाचनः बुधबार योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

प्रतिनिधिसभा निर्वाचनः बुधबार योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

मंगलबार १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो । योग्यता नपुगको उम्मेदवारका विरुद्ध उजुरी दिने क्रम सुरु भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले...
सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ

सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ...

भर्खरै