नेभिगेशन
समाज

एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्षनै रास्वपा प्रवेश, भन्छन् ‘अब बालेनलाई सघाउँछौं’

झापा । राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडा र राष्ट्रिय युवा संघका उपाध्यक्ष बिजय तामाङमा रास्वपा प्रवेश गरेका छ्न ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरु दुबै जनाले नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट माघ ७ गतेदेखि औपचारिक छोडेको जनाकारी दिएका छन् । त्यस्तै आजकै दिनदेखि आफुहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानलाई साथ–समर्थन जनाउने निर्णय गरेको बताए ।

Ncell
Extreme Energy

सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गरेका छन् । उनले झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

खतिवडाले आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने नेकपा (एमाले), राष्ट्रिय युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् । साथै, अग्रगामी परिवर्तन, सामाजिक न्याय र राष्ट्रको हितका पक्षमा सदैव लागिरहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ ।