नेभिगेशन
समाज

सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २ सय १० उम्मेदवार चुनावी मैदानमा

काठमाडौँ । सुदुरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी २ सय १० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । एक सय ९२ पुरुष र १८ जना महिला उम्मेदवार गरी जम्मा दुई सय १० उम्मेदवारले मनोनयन दर्ता गराएको निमित्त प्रदेश निर्वाचन अधिकृत प्रेमराज भट्टले जनाकारी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कैलाली निर्वाचन क्षेत्र नं १ मा १९ जना, कैलाली–२ मा १६, कैलाली–३ मा ११, कैलाली–४ मा १६ र कैलाली–५ मा १६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

Ncell
Extreme Energy

त्यसैत तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नंं १ मा १९ जना, कञ्चनपुर–२ मा १९ र कञ्चनपुर–३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गराएका हुन । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको अछाम क्षेत्र नं.१ मा ८ र अछाम २ मा ९ जनाले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै एकएक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता भएको प्रदेश निर्वाचन निमित्त प्रमुख भट्टले बताए । कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै यसअघि २०७९ मा भएकोे निर्वाचनमा सुदुरपश्चिममा १६ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्रबाट एक सय ७० जना उम्मेदवार चुनावी मैदानमा होमीएका थिए । यसपटक अघिल्लो निर्वाचन भन्दा बढी उम्मेदवारले चुनावी प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गएका हुन । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।