नेभिगेशन
मुख्य समाचार

सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २ सय १० उम्मेदवार चुनावी मैदानमा

काठमाडौँ । सुदुरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी २ सय १० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । एक सय ९२ पुरुष र १८ जना महिला उम्मेदवार गरी जम्मा दुई सय १० उम्मेदवारले मनोनयन दर्ता गराएको निमित्त प्रदेश निर्वाचन अधिकृत प्रेमराज भट्टले जनाकारी दिएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कैलाली निर्वाचन क्षेत्र नं १ मा १९ जना, कैलाली–२ मा १६, कैलाली–३ मा ११, कैलाली–४ मा १६ र कैलाली–५ मा १६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

CG

त्यसैत तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नंं १ मा १९ जना, कञ्चनपुर–२ मा १९ र कञ्चनपुर–३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गराएका हुन । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको अछाम क्षेत्र नं.१ मा ८ र अछाम २ मा ९ जनाले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै एकएक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता भएको प्रदेश निर्वाचन निमित्त प्रमुख भट्टले बताए । कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै यसअघि २०७९ मा भएकोे निर्वाचनमा सुदुरपश्चिममा १६ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्रबाट एक सय ७० जना उम्मेदवार चुनावी मैदानमा होमीएका थिए । यसपटक अघिल्लो निर्वाचन भन्दा बढी उम्मेदवारले चुनावी प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गएका हुन । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अमेरिकाले थप ८० नेपालीलाई डिपोर्ट

अमेरिकाले थप ८० नेपालीलाई डिपोर्ट

अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत थप ८० जना नेपालीलाई  काठमाडौँ ल्याएकार छाडिदिएको छ ।
सोलुखुम्बुमा उज्यालो नेपाल पार्टीका छिरी शेर्पा चुनावी मैदानमा

सोलुखुम्बुमा उज्यालो नेपाल पार्टीका छिरी शेर्पा चुनावी मैदानमा

यसपटक आफु जिल्लाकै कान्छो उम्मेदवार रहेकाले पनि आफुले जित्नेमा विश्वस्त रहेको उनले बताए । एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको सो जिल्लामा १२ दल राजनीतिक दलका १२ जनाले...
असन्तुष्टि,आक्रोश,पीडा सबै मतपत्रमा खसालौँ, बाहिर नपोखौँ: रवि लामिछाने

असन्तुष्टि,आक्रोश,पीडा सबै मतपत्रमा खसालौँ, बाहिर नपोखौँ: रवि लामिछाने

यो लोकतन्त्रको सबैभन्दा उत्कृष्ट अभ्यास हो। यो भन्दा राम्रो अभ्यास अर्को हुन सक्दैन। त्यस कारणले आफ्नो मत, आफ्नो असन्तुष्टि, आफ्नो आक्रोश, आफ्नो पीडा, सबै चिज मतपत्रमा खसालौँ, कहीँ...
झापा–५ का उम्मेदवार बालेन शाहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन

झापा–५ का उम्मेदवार बालेन शाहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन

भेटका क्रममा दुवै नेताबीच परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वबारे छलफल भएको बताइएको छ। बालेन शाहले इन्दिरा रानामगरको उम्मेदवारीले झापा–२ मा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै जितका...

भर्खरै