नेभिगेशन
मुख्य समाचार

असन्तुष्टि,आक्रोश,पीडा सबै मतपत्रमा खसालौँ, बाहिर नपोखौँ: रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले संयमित भएर चुनावी प्रचारमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ। चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले  पूर्ण रूपमा आचारसंहिता पालना गर्न आग्रह गरेका हुन् । 

उनले भने, ‘यसको नतिजा जे आए पनि स्विकार्ने हिसाबले संयमित भएर हामी अगाडि बढ्नुपर्छ। स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ सबैले। भड्काउने र उत्तेजित हुने क्रियाकलाप कुनै राजनीतिक दलले नगरोस्।’

CG

उनले पार्टीपंक्तिलाई अरू दलका नेता कार्यकर्तालाई पनि सम्मान गर्न र संयमित भएर प्रस्तुत हुन आग्रह गरे। उनले असन्तुष्टि, आक्रोश सबै मतबाट जाहेर गर्न आग्रह गरे।

रवि भनाई यस्तो थियो,''संयमित हुनुपर्छ सबै जना। यो निर्वाचनमा आचारसंहितालाई पूर्णरूपमा पालना गर्नुपर्छ। राजनीतिक दलका साथीहरूले, समर्थकहरूले, हाम्रा साथीहरूले, अन्य दलका साथीहरूले संयमित भएर यसको नतिजा जे आए पनि स्विकार्ने हिसाबले अगाडि बढ्नु पर्छ। अँ, कसैप्रति स्वस्थ र स्वच्छ आलोचना होस्, प्रतिस्पर्धा स्वस्थ र स्वच्छ होस्। भड्काउने किसिमका, उत्तेजित हुने किसिमका क्रियाकलाप कुनै पनि राजनीतिक दलले नगरोस्। म रास्पालाई विशेष गरेर आफ्ना दलका समर्थक साथीहरूलाई संयमित हुन र निर्वाचनमा उत्साहका साथ सहभागी हुन, आचारसंहितालाई पूर्णतः पालना गर्न र अन्य राजनीतिक दलका साथी समर्थकहरूलाई सम्मानपूर्वक व्यवहार गर्नको निमित्त अपिल गर्न चाहन्छु। यो लोकतन्त्रको सबैभन्दा उत्कृष्ट अभ्यास हो। यो भन्दा राम्रो अभ्यास अर्को हुन सक्दैन। त्यस कारणले आफ्नो मत, आफ्नो असन्तुष्टि, आफ्नो आक्रोश, आफ्नो पीडा, सबै चिज मतपत्रमा खसालौँ, कहीँ नखसालौँ, बस यति भन्न चाहन्छु। ''

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नवलपरासीमा बस दुर्घटना हुँदा छ जना विद्यार्थी घाइते

नवलपरासीमा बस दुर्घटना हुँदा छ जना विद्यार्थी घाइते

झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका विद्यार्थी बोकेको ग१ख ९५४६ नं को बस बुधबार दिउँसो दुर्घटनामा परेको हो । शैक्षिक भ्रमणमा आएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी...
प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो । सम्बन्धित क्षेत्रको निर्वाचन...
सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन

सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालका अध्यक्षतामा बुधबार काठमाडौँमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको हो ।  बैठकले निर्वाचन प्रचारप्रसारका...
अमेरिकाले थप ८० नेपालीलाई डिपोर्ट

अमेरिकाले थप ८० नेपालीलाई डिपोर्ट

अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत थप ८० जना नेपालीलाई  काठमाडौँ ल्याएकार छाडिदिएको छ ।