नेभिगेशन
समाज

असन्तुष्टि,आक्रोश,पीडा सबै मतपत्रमा खसालौँ, बाहिर नपोखौँ: रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले संयमित भएर चुनावी प्रचारमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ। चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले  पूर्ण रूपमा आचारसंहिता पालना गर्न आग्रह गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘यसको नतिजा जे आए पनि स्विकार्ने हिसाबले संयमित भएर हामी अगाडि बढ्नुपर्छ। स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ सबैले। भड्काउने र उत्तेजित हुने क्रियाकलाप कुनै राजनीतिक दलले नगरोस्।’

Ncell
Extreme Energy

उनले पार्टीपंक्तिलाई अरू दलका नेता कार्यकर्तालाई पनि सम्मान गर्न र संयमित भएर प्रस्तुत हुन आग्रह गरे। उनले असन्तुष्टि, आक्रोश सबै मतबाट जाहेर गर्न आग्रह गरे।

रवि भनाई यस्तो थियो,''संयमित हुनुपर्छ सबै जना। यो निर्वाचनमा आचारसंहितालाई पूर्णरूपमा पालना गर्नुपर्छ। राजनीतिक दलका साथीहरूले, समर्थकहरूले, हाम्रा साथीहरूले, अन्य दलका साथीहरूले संयमित भएर यसको नतिजा जे आए पनि स्विकार्ने हिसाबले अगाडि बढ्नु पर्छ। अँ, कसैप्रति स्वस्थ र स्वच्छ आलोचना होस्, प्रतिस्पर्धा स्वस्थ र स्वच्छ होस्। भड्काउने किसिमका, उत्तेजित हुने किसिमका क्रियाकलाप कुनै पनि राजनीतिक दलले नगरोस्। म रास्पालाई विशेष गरेर आफ्ना दलका समर्थक साथीहरूलाई संयमित हुन र निर्वाचनमा उत्साहका साथ सहभागी हुन, आचारसंहितालाई पूर्णतः पालना गर्न र अन्य राजनीतिक दलका साथी समर्थकहरूलाई सम्मानपूर्वक व्यवहार गर्नको निमित्त अपिल गर्न चाहन्छु। यो लोकतन्त्रको सबैभन्दा उत्कृष्ट अभ्यास हो। यो भन्दा राम्रो अभ्यास अर्को हुन सक्दैन। त्यस कारणले आफ्नो मत, आफ्नो असन्तुष्टि, आफ्नो आक्रोश, आफ्नो पीडा, सबै चिज मतपत्रमा खसालौँ, कहीँ नखसालौँ, बस यति भन्न चाहन्छु। ''

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।