नेभिगेशन
मुख्य समाचार

सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन

काठमाडौँ । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अध्यक्षतामा बुधबार काठमाडौँमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको हो ।  बैठकले निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सोको निगरानीलाई प्रभावकारी बनाउने र गैरकानुनी भएको पाइएमा कारबाही गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

CG

बैठकमा निर्वाचन सुरक्षा योजना सम्बन्धमा चार वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा समीक्षा भएको थियो । निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट पारित भई एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ कार्यान्वयनमा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् उजुरी परेका पाँच प्रतिनिधिसभा उम्मेदवार

यी हुन् उजुरी परेका पाँच प्रतिनिधिसभा उम्मेदवार

उजुरी पर्ने उम्मेदवारहरुमा  भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजीव खत्री र  नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेकी जानुका पाठक विरूद्ध उजुरी...
विधायन व्यवस्थापन समितिद्वारा पर्यटन विधेयक पारित

विधायन व्यवस्थापन समितिद्वारा पर्यटन विधेयक पारित

समिति सभापति तुलसा कुमारी दहालले माघ ९ गते बस्ने राष्ट्रिसभामा पेश गर्नेगरि पर्यटन विधेयक पारित गरिएको जानकारी दिइन । नयाँ ऐनमा पर्वतारोहण सङ्घको अधिकार कटौती नगरेको तर अन्तराष्ट्रिय...
नवलपरासीमा बस दुर्घटना हुँदा छ जना विद्यार्थी घाइते

नवलपरासीमा बस दुर्घटना हुँदा छ जना विद्यार्थी घाइते

झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका विद्यार्थी बोकेको ग१ख ९५४६ नं को बस बुधबार दिउँसो दुर्घटनामा परेको हो । शैक्षिक भ्रमणमा आएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी...
प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो । सम्बन्धित क्षेत्रको निर्वाचन...