नेभिगेशन
समाज

श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतिको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचालय गएकी झिनडाडाकी २० वर्षीया पुनमाया बिकको हत्या गरेर फरार भएका पोखरा महानगरपालिका–२३ ठुलाखेत घर भई पोखराको सिर्जनाचोकमा डेरा गरेर बस्ने ३२ वर्षीय प्रेम भनिने रमेश कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रमेशलाई बुधबार मुलकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक गोविन्द सुवेदीले जानकारी दिए । पुनमायाको हत्या भएको भोलिपल्ट माघ ४ गते साँझ ९ बजे पोखरा महानगरपालिका–१७ बिरौटाबाट पक्राउ परेका थिए ।

Ncell
Extreme Energy

प्रहरीसँग रमेशले पोखराबाट बागलुङको ढोरपाटन हुँदै झिनडाडास्थित माइतीघर पुगेकी पुनमायाको शरिरको विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । रमेशको साथबाट प्रहरीले घटनाको समयमा लगाएको रगत जस्तो रातो पदार्थ लागेको दाग देखिने कम्ब्याट ज्याकेट, रेडमी मोवाइल, एनसेल र नेपाल टेलिकमको सिम बरामद गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।