नेभिगेशन
समाज

श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतिको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचालय गएकी झिनडाडाकी २० वर्षीया पुनमाया बिकको हत्या गरेर फरार भएका पोखरा महानगरपालिका–२३ ठुलाखेत घर भई पोखराको सिर्जनाचोकमा डेरा गरेर बस्ने ३२ वर्षीय प्रेम भनिने रमेश कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रमेशलाई बुधबार मुलकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक गोविन्द सुवेदीले जानकारी दिए । पुनमायाको हत्या भएको भोलिपल्ट माघ ४ गते साँझ ९ बजे पोखरा महानगरपालिका–१७ बिरौटाबाट पक्राउ परेका थिए ।

CG

प्रहरीसँग रमेशले पोखराबाट बागलुङको ढोरपाटन हुँदै झिनडाडास्थित माइतीघर पुगेकी पुनमायाको शरिरको विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । रमेशको साथबाट प्रहरीले घटनाको समयमा लगाएको रगत जस्तो रातो पदार्थ लागेको दाग देखिने कम्ब्याट ज्याकेट, रेडमी मोवाइल, एनसेल र नेपाल टेलिकमको सिम बरामद गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गुल्मीमा मलामी जिप दुर्घटनाः एकको मृत्यु आठ घाइते

गुल्मीमा मलामी जिप दुर्घटनाः एकको मृत्यु आठ घाइते

दुर्घटनामा पाल्पा रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टिकाराम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो पाल्पाको जोगिथुमबाट मलामी बोकेर घाटतर्फ गइरहेको लु १ च ६९८५ नम्बरको...
यी हुन् उजुरी परेका पाँच प्रतिनिधिसभा उम्मेदवार

यी हुन् उजुरी परेका पाँच प्रतिनिधिसभा उम्मेदवार

उजुरी पर्ने उम्मेदवारहरुमा  भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजीव खत्री र  नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेकी जानुका पाठक विरूद्ध उजुरी...
विधायन व्यवस्थापन समितिद्वारा पर्यटन विधेयक पारित

विधायन व्यवस्थापन समितिद्वारा पर्यटन विधेयक पारित

समिति सभापति तुलसा कुमारी दहालले माघ ९ गते बस्ने राष्ट्रिसभामा पेश गर्नेगरि पर्यटन विधेयक पारित गरिएको जानकारी दिइन । नयाँ ऐनमा पर्वतारोहण सङ्घको अधिकार कटौती नगरेको तर अन्तराष्ट्रिय...
नवलपरासीमा बस दुर्घटना हुँदा छ जना विद्यार्थी घाइते

नवलपरासीमा बस दुर्घटना हुँदा छ जना विद्यार्थी घाइते

झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका विद्यार्थी बोकेको ग१ख ९५४६ नं को बस बुधबार दिउँसो दुर्घटनामा परेको हो । शैक्षिक भ्रमणमा आएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी...