नेभिगेशन
मुख्य समाचार

नवलपरासीमा बस दुर्घटना हुँदा छ जना विद्यार्थी घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् ।

झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका विद्यार्थी बोकेको ग१ख ९५४६ नं को बस बुधबार दिउँसो दुर्घटनामा परेको हो । शैक्षिक भ्रमणमा आएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी बोकेर पोखराबाट गैँडाकोटतर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

CG

दुर्घटनामा घाइते भएका विद्यार्थीमध्ये चार जनाको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेका तथा दुई जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको खड्काले बताए । दुर्घटनामा परी घाइते भएका झापाको बिर्तामोड नगरपालिका–८ का १८ वर्षीया छात्रा उन्नति पाठक र  १८ वर्षीय गगन नेचेलाई थप उपचारका लागि भरतपुर पठाइएको उनले बताए ।

दुर्घटनामा परी घाइते भएका १८ वर्षीय अनिल जयसवाल, १८ वर्षीय अङ्कित सिटौला, १८ वर्षीय साङनुमा लिम्बू र १७ वर्षीया पवित्रा गुरुङको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेको खड्काको भनाइ छ । बस र बस चालक इलाका प्रहरी कार्यालय बुलिङटारको नियन्त्रणमा रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गुल्मीमा मलामी जिप दुर्घटनाः एकको मृत्यु आठ घाइते

गुल्मीमा मलामी जिप दुर्घटनाः एकको मृत्यु आठ घाइते

दुर्घटनामा पाल्पा रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टिकाराम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो पाल्पाको जोगिथुमबाट मलामी बोकेर घाटतर्फ गइरहेको लु १ च ६९८५ नम्बरको...
यी हुन् उजुरी परेका पाँच प्रतिनिधिसभा उम्मेदवार

यी हुन् उजुरी परेका पाँच प्रतिनिधिसभा उम्मेदवार

उजुरी पर्ने उम्मेदवारहरुमा  भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजीव खत्री र  नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेकी जानुका पाठक विरूद्ध उजुरी...
विधायन व्यवस्थापन समितिद्वारा पर्यटन विधेयक पारित

विधायन व्यवस्थापन समितिद्वारा पर्यटन विधेयक पारित

समिति सभापति तुलसा कुमारी दहालले माघ ९ गते बस्ने राष्ट्रिसभामा पेश गर्नेगरि पर्यटन विधेयक पारित गरिएको जानकारी दिइन । नयाँ ऐनमा पर्वतारोहण सङ्घको अधिकार कटौती नगरेको तर अन्तराष्ट्रिय...
प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो । सम्बन्धित क्षेत्रको निर्वाचन...