नेभिगेशन
समाज

बालेनमाथि महेश बस्नेतको असहिष्णु टिप्पणीले मधेशमा चिन्ता, एमाले नेता अरविन्दकै कडा विरोध

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले रास्वपा नेता बालेन शाहबारे गरेको टिप्पणीको मधेशमा विरोध भइरहेको छ। मधेशी जनताको भाषा र भावनालाई चोट पुग्नेगरि बस्नेतले असहिष्णु टिप्पणी गरेको भन्दै मधेशमा चिन्ता समेत सुरु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेता बस्नेतले मङ्गलबार भक्तपुरमा मनोनयन दर्ता पछि पत्रकार तथा आफ्नो पार्टीका नेताहरूसँग कुरा गर्दै रास्वपा नेता बालेनले मधेशका जनतालाई कुकुरको छाउरो भनेको आरोप लगाएका थिए। ‘मधेशका बेटा भनेको भए अलग कुरा । मधेशको छाउरो । छाउरो के को बच्चालाई भनिन्छ ? केलाई भनिन्छ रे  ? मेरो मुखबाट भन्न नलगाउनुस् न,’ बस्नेतले भनेका थिए।

Ncell
Extreme Energy

उनको प्रश्नपछि तल रहेका एमाले कार्यकर्ताहरूले कुकुरको छाउरो भन्दै ताली पिटेका थिए । महेश हाँसेका थिए। महेशको बालेन लक्षित उक्त टिप्पणी मधेशका जनतालाई खिसिट्युरी गर्ने र भाषिक र भावनामाथि लाच्छना लगाउने खालको भएको भन्दै महेश बस्नेतलाई माफी माग्न माग भइरहेको छ। 

आइ लभ मिथिला, युथ अफ वीरगन्ज जस्ता सामुदायिक पेजहरूले बस्नेतको उक्त अभिव्यक्तिको विरोध जनाएका छन्। ‘मैथिली भाषामा छौँडा शब्दको अर्थ नेपाली भाषामा केटो वा ठिटो हुन्छ। छौँडा लाई छाउरा भनेर बालेनलाई मधेशको कुकुर संज्ञा दिएर व्यङ्ग्य गर्नु भाषिक अज्ञानता मात्र नभई नियतवश गरिएको मधेशी समुदायको अपमान हो। 

स्वस्थ आलोचना लोकतन्त्रको सुन्दरता हो, तर व्यक्तिगत गालीगलौज र समुदाय लक्षित अपमानले राजनीतिको स्तर गिराउँछ। यसले नैतिकताको पतनतर्फ सङ्केत गर्छ। राजनीतिक प्रतिस्पर्धा विचारमा हुनुपर्छ, कसैको भाषा वा जातीय पहिचानलाई गिज्याएर होइन,’ आइ लभ मिथिला पेजले लेखेको छ। 

यस्तै,युथअफ वीरगन्जले ‘एमालेको मधेसप्रतिको सङ्कीर्ण सोच र घृणात्मक व्यवहार कुनै रहस्य होइन। अहिले बालेनलाई गाली गर्ने बहानामा फेरि मधेशी समुदाय र भाषामाथि आक्रमण सुरु गरिएको छ।  नेपालीमा ‘केटो’ जस्तै मैथिलीमा ‘छौड़ा’ शब्द प्रयोग हुन्छ। तर, यसलाई ‘छाउरा’ भन्दै कुकुरको अर्थ जोडेर व्याख्या गर्नु एमालेका कथित नेता महेश बस्नेतको दरिद्र मानसिकताको स्पष्ट उदाहरण हो,’ लेखेको छ।

आफूलाई ‘राष्ट्रिय नेता’ भन्ने व्यक्ति भएर पनि मैथिली भाषाको अपमान गर्दै स्थापित शब्दलाई कुकुरको संज्ञा दिनु लज्जास्पद भएकाे,यो केवल भाषिक अज्ञानता होइन मधेशी अस्मितामाथि गरिएको नियोजित प्रहार भएकाे र राजनीतिमा असहमति हुन सक्छे तर शब्दलाई तोडमोड गरेर सिंगो समुदायलाई होच्याउने अधिकार कसैलाई नभएको पनि सो पेजले लेखेको छ। 

यता, एमाले मधेशका नेता एवम पूर्वकेन्दिय सदस्य अरविन्द सिंहले महेश बस्नेतको अभिव्यक्तिले मधेशमा एमालेलाई अप्ठयारो पर्ने बताएका छन । ‘यसलाई सम्झाओस् कसैले नत्र यो फटाहासंगै हाम्रो पार्टीको समेत हिसाबकिताब राम्ररी गर्नेछन् मधेसका जनताले’ अरबिन्दले लेखेका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै