नेभिगेशन
मुख्य समाचार

बालेनमाथि महेश बस्नेतको असहिष्णु टिप्पणीले मधेशमा चिन्ता, एमाले नेता अरविन्दकै कडा विरोध

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले रास्वपा नेता बालेन शाहबारे गरेको टिप्पणीको मधेशमा विरोध भइरहेको छ। मधेशी जनताको भाषा र भावनालाई चोट पुग्नेगरि बस्नेतले असहिष्णु टिप्पणी गरेको भन्दै मधेशमा चिन्ता समेत सुरु भएको छ।

नेता बस्नेतले मङ्गलबार भक्तपुरमा मनोनयन दर्ता पछि पत्रकार तथा आफ्नो पार्टीका नेताहरूसँग कुरा गर्दै रास्वपा नेता बालेनले मधेशका जनतालाई कुकुरको छाउरो भनेको आरोप लगाएका थिए। ‘मधेशका बेटा भनेको भए अलग कुरा । मधेशको छाउरो । छाउरो के को बच्चालाई भनिन्छ ? केलाई भनिन्छ रे  ? मेरो मुखबाट भन्न नलगाउनुस् न,’ बस्नेतले भनेका थिए।

CG

उनको प्रश्नपछि तल रहेका एमाले कार्यकर्ताहरूले कुकुरको छाउरो भन्दै ताली पिटेका थिए । महेश हाँसेका थिए। महेशको बालेन लक्षित उक्त टिप्पणी मधेशका जनतालाई खिसिट्युरी गर्ने र भाषिक र भावनामाथि लाच्छना लगाउने खालको भएको भन्दै महेश बस्नेतलाई माफी माग्न माग भइरहेको छ। 

आइ लभ मिथिला, युथ अफ वीरगन्ज जस्ता सामुदायिक पेजहरूले बस्नेतको उक्त अभिव्यक्तिको विरोध जनाएका छन्। ‘मैथिली भाषामा छौँडा शब्दको अर्थ नेपाली भाषामा केटो वा ठिटो हुन्छ। छौँडा लाई छाउरा भनेर बालेनलाई मधेशको कुकुर संज्ञा दिएर व्यङ्ग्य गर्नु भाषिक अज्ञानता मात्र नभई नियतवश गरिएको मधेशी समुदायको अपमान हो। 

स्वस्थ आलोचना लोकतन्त्रको सुन्दरता हो, तर व्यक्तिगत गालीगलौज र समुदाय लक्षित अपमानले राजनीतिको स्तर गिराउँछ। यसले नैतिकताको पतनतर्फ सङ्केत गर्छ। राजनीतिक प्रतिस्पर्धा विचारमा हुनुपर्छ, कसैको भाषा वा जातीय पहिचानलाई गिज्याएर होइन,’ आइ लभ मिथिला पेजले लेखेको छ। 

यस्तै,युथअफ वीरगन्जले ‘एमालेको मधेसप्रतिको सङ्कीर्ण सोच र घृणात्मक व्यवहार कुनै रहस्य होइन। अहिले बालेनलाई गाली गर्ने बहानामा फेरि मधेशी समुदाय र भाषामाथि आक्रमण सुरु गरिएको छ।  नेपालीमा ‘केटो’ जस्तै मैथिलीमा ‘छौड़ा’ शब्द प्रयोग हुन्छ। तर, यसलाई ‘छाउरा’ भन्दै कुकुरको अर्थ जोडेर व्याख्या गर्नु एमालेका कथित नेता महेश बस्नेतको दरिद्र मानसिकताको स्पष्ट उदाहरण हो,’ लेखेको छ।

आफूलाई ‘राष्ट्रिय नेता’ भन्ने व्यक्ति भएर पनि मैथिली भाषाको अपमान गर्दै स्थापित शब्दलाई कुकुरको संज्ञा दिनु लज्जास्पद भएकाे,यो केवल भाषिक अज्ञानता होइन मधेशी अस्मितामाथि गरिएको नियोजित प्रहार भएकाे र राजनीतिमा असहमति हुन सक्छे तर शब्दलाई तोडमोड गरेर सिंगो समुदायलाई होच्याउने अधिकार कसैलाई नभएको पनि सो पेजले लेखेको छ। 

यता, एमाले मधेशका नेता एवम पूर्वकेन्दिय सदस्य अरविन्द सिंहले महेश बस्नेतको अभिव्यक्तिले मधेशमा एमालेलाई अप्ठयारो पर्ने बताएका छन । ‘यसलाई सम्झाओस् कसैले नत्र यो फटाहासंगै हाम्रो पार्टीको समेत हिसाबकिताब राम्ररी गर्नेछन् मधेसका जनताले’ अरबिन्दले लेखेका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गुल्मीमा मलामी जिप दुर्घटनाः एकको मृत्यु आठ घाइते

गुल्मीमा मलामी जिप दुर्घटनाः एकको मृत्यु आठ घाइते

दुर्घटनामा पाल्पा रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टिकाराम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो पाल्पाको जोगिथुमबाट मलामी बोकेर घाटतर्फ गइरहेको लु १ च ६९८५ नम्बरको...
यी हुन् उजुरी परेका पाँच प्रतिनिधिसभा उम्मेदवार

यी हुन् उजुरी परेका पाँच प्रतिनिधिसभा उम्मेदवार

उजुरी पर्ने उम्मेदवारहरुमा  भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजीव खत्री र  नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेकी जानुका पाठक विरूद्ध उजुरी...
विधायन व्यवस्थापन समितिद्वारा पर्यटन विधेयक पारित

विधायन व्यवस्थापन समितिद्वारा पर्यटन विधेयक पारित

समिति सभापति तुलसा कुमारी दहालले माघ ९ गते बस्ने राष्ट्रिसभामा पेश गर्नेगरि पर्यटन विधेयक पारित गरिएको जानकारी दिइन । नयाँ ऐनमा पर्वतारोहण सङ्घको अधिकार कटौती नगरेको तर अन्तराष्ट्रिय...
नवलपरासीमा बस दुर्घटना हुँदा छ जना विद्यार्थी घाइते

नवलपरासीमा बस दुर्घटना हुँदा छ जना विद्यार्थी घाइते

झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका विद्यार्थी बोकेको ग१ख ९५४६ नं को बस बुधबार दिउँसो दुर्घटनामा परेको हो । शैक्षिक भ्रमणमा आएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी...