नेभिगेशन
मुख्य समाचार

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ । निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउनेलगायत विषयमा छलफल भएको थियो । साथै निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवं शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवं सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बनमा  छलफल केन्द्रित  थियो ।

CG

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव कृष्णबहादुर राउत, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका साथै निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थिति थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
इलाममा बालेन शाहको चुनावी घरदैलो कार्यक्रम(तस्बिरहरु)

इलाममा बालेन शाहको चुनावी घरदैलो कार्यक्रम(तस्बिरहरु)

झापाको क्षेत्र ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका बालेन शाह  बिहीबार इलाम १ का रास्वपा उम्मेदवार विमल गदाल र  इलाम  २ का उम्मेदवार गोकुलबहादुर राई संग इलाम बजारमा भेट...
सात लाख १० हजार ७०८ मतदाता रहेको काठमाडौँमा प्रतिनिधिसभा सदस्यमा लागि २५७ जनाको उम्मेदवारी

सात लाख १० हजार ७०८ मतदाता रहेको काठमाडौँमा प्रतिनिधिसभा सदस्यमा लागि २५७ जनाको उम्मेदवारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले राससलाई जानकारी दिए ।...
एक दशकको प्रतीक्षापछि आमाको नामबाट समिर र यास्मिनले पाए नागरिकता

एक दशकको प्रतीक्षापछि आमाको नामबाट समिर र यास्मिनले पाए नागरिकता

नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गरेका थिए । नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा...
रास्वपाले बागलुङमा उठाएका दुई युवा उम्मेदवार: नीति विज्ञ र सडक आन्दोलनका आवाज

रास्वपाले बागलुङमा उठाएका दुई युवा उम्मेदवार: नीति विज्ञ र सडक आन्दोलनका आवाज

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बागलुङमा दुई युवा उम्मेदवार बनाएको छ । रास्वपाका तर्फबाट बागलुङ क्षेत्र न १ मा सुशिल खड्का उम्मेदवार छन् भने क्षेत्र न २ मा सोम शर्मा...