नेभिगेशन
समाज
प्रतिनिधिसभामा रास्वपाका उम्मेदवार

रास्वपाले बागलुङमा उठाएका दुई युवा उम्मेदवार: नीति विज्ञ र सडक आन्दोलनका आवाज

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बागलुङमा दुई युवा उम्मेदवार बनाएको छ । रास्वपाका तर्फबाट बागलुङ क्षेत्र न १ मा सुशिल खड्का उम्मेदवार छन् भने क्षेत्र न २ मा सोम शर्मा उम्मेदवार छन् । 
रास्वपाले बागलुङमा रणनीतिकरुपमा दुवै युवा उम्मेदवार उठाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्षेत्र न १ उम्मेदवार खड्का केमिकल इन्जिनियर सहित अर्थविद् र उद्यमी समेत हुन् । अमेरिकाबाट केमिकल इन्जिनियर र अर्थशास्त्रमा स्नातकोत्तर गरेका खड्काले नेपाल फर्केर अभ्नी भेन्चर्स मार्फत प्लास्टिक रिसाइकल सञ्जाल स्थापन गरेका छन्, जहाँ ४ सय भन्दा बढीले रोजगारी पाएका छन् । उनले नेपालका ९ वटा हिमाल सरसफाइ अभियान चलाएका थिए । विभिन्न सङ्घसंस्थामा आबद्ध खड्का नेपालका नीतिगत सुधारका लागि अध्ययन गर्न बनेका विभिन्न टोलीको नेतृत्व समेत गरेका छन् । 

Ncell
Extreme Energy

'नीति निर्माणका लागि पुग्ने सांसदले स्थानीय देखि केन्द्रसम्म अधिकार प्रत्यायोजन र समान विकास लागि नीति बनाउनु पर्छ, बागलुङ नीतिगतरुपमा केन्द्रको प्राथमिकता नपर्ने अवस्था अन्त्यका लागि रास्वपाले मलाई उम्मेदवार बनाएको छ, बागलुङले परिवर्तन स्वीकार गरेको छ, फागुन २१ मा मतपत्रमा देखिने छ,' खड्काले सिधाकुरासँग भने । 

खड्कासँग चुनावी दौडमा नेपाली काँग्रेसले भीम श्रीसलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले हिरा केसीलाई उठाइएको छ । दुवै युवासँग लामो राजनीतिक अनुभाव छ । 

क्षेत्र न २ का उम्मेदवार सोम शर्मा सडक आन्दोलनबाट उदाएका युवा नेता हुन् । पछिल्लो दशकमा राज्यबाट भएका अन्याय, अत्याचार, अनियमितता, भ्रष्टाचारका विरुद्ध निरन्तर सडक सङ्घर्ष गर्दै आएका शर्मा जेन-जी आन्दोलनका अगुवा समेत हुन् । 
जेन-जी आन्दोलनपछि जेन-जी युवाहरूलाई राजनीतिकरुपमा अघि बढाउन नेतृत्वदायी भूमिका खेलेका शर्मालाई रास्वपाले उम्मेदवार बनाएको हो । 

उनी कृषिमा आधुनिकीकरणमा समेत सक्रिय छन् । उनले काठमाडौँमा च्याउको बिउ उत्पादन गरी नेपालभर वितरण गर्ने गरेका छन् । आइटी व्यवसायबाट नागरिक अभियानमा आएका हुन् । 
जेन-जी आन्दोलनपछि वैकल्पिक शक्तिलाई एकीकृत गर्न भूमिका खेलेका उनलाई रास्वपाले चुनौतीपूर्ण क्षेत्रको जिम्मेवारी दिएर पठाएको छ । 

शर्माले सिधाकुरासँग भने,'चुनौतीकारुपमा हेरिएको क्षेत्रमा जिम्मेवार सहित उभिएको छु, जनमत रास्वपाप्रति आएको छ, क्षेत्र न २ का जनताले पुराना राजनीतिक दललाई चुनौती दिएका छन्, हामीलाई साथ।'

यस्तै शर्मासँग दौडमा नेपाली काँग्रेसले टेकराज पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेले मञ्जु चालिसे र नेपाली कम्युनिस्ट पार्टीले  ज्ञामनाथ गैरेलाई उम्मेदवार बनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।