नेभिगेशन
मुख्य समाचार
प्रतिनिधिसभामा रास्वपाका उम्मेदवार

रास्वपाले बागलुङमा उठाएका दुई युवा उम्मेदवार: नीति विज्ञ र सडक आन्दोलनका आवाज

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बागलुङमा दुई युवा उम्मेदवार बनाएको छ । रास्वपाका तर्फबाट बागलुङ क्षेत्र न १ मा सुशिल खड्का उम्मेदवार छन् भने क्षेत्र न २ मा सोम शर्मा उम्मेदवार छन् । 
रास्वपाले बागलुङमा रणनीतिकरुपमा दुवै युवा उम्मेदवार उठाएको हो । 

क्षेत्र न १ उम्मेदवार खड्का केमिकल इन्जिनियर सहित अर्थविद् र उद्यमी समेत हुन् । अमेरिकाबाट केमिकल इन्जिनियर र अर्थशास्त्रमा स्नातकोत्तर गरेका खड्काले नेपाल फर्केर अभ्नी भेन्चर्स मार्फत प्लास्टिक रिसाइकल सञ्जाल स्थापन गरेका छन्, जहाँ ४ सय भन्दा बढीले रोजगारी पाएका छन् । उनले नेपालका ९ वटा हिमाल सरसफाइ अभियान चलाएका थिए । विभिन्न सङ्घसंस्थामा आबद्ध खड्का नेपालका नीतिगत सुधारका लागि अध्ययन गर्न बनेका विभिन्न टोलीको नेतृत्व समेत गरेका छन् । 

CG

'नीति निर्माणका लागि पुग्ने सांसदले स्थानीय देखि केन्द्रसम्म अधिकार प्रत्यायोजन र समान विकास लागि नीति बनाउनु पर्छ, बागलुङ नीतिगतरुपमा केन्द्रको प्राथमिकता नपर्ने अवस्था अन्त्यका लागि रास्वपाले मलाई उम्मेदवार बनाएको छ, बागलुङले परिवर्तन स्वीकार गरेको छ, फागुन २१ मा मतपत्रमा देखिने छ,' खड्काले सिधाकुरासँग भने । 

खड्कासँग चुनावी दौडमा नेपाली काँग्रेसले भीम श्रीसलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले हिरा केसीलाई उठाइएको छ । दुवै युवासँग लामो राजनीतिक अनुभाव छ । 

क्षेत्र न २ का उम्मेदवार सोम शर्मा सडक आन्दोलनबाट उदाएका युवा नेता हुन् । पछिल्लो दशकमा राज्यबाट भएका अन्याय, अत्याचार, अनियमितता, भ्रष्टाचारका विरुद्ध निरन्तर सडक सङ्घर्ष गर्दै आएका शर्मा जेन-जी आन्दोलनका अगुवा समेत हुन् । 
जेन-जी आन्दोलनपछि जेन-जी युवाहरूलाई राजनीतिकरुपमा अघि बढाउन नेतृत्वदायी भूमिका खेलेका शर्मालाई रास्वपाले उम्मेदवार बनाएको हो । 

उनी कृषिमा आधुनिकीकरणमा समेत सक्रिय छन् । उनले काठमाडौँमा च्याउको बिउ उत्पादन गरी नेपालभर वितरण गर्ने गरेका छन् । आइटी व्यवसायबाट नागरिक अभियानमा आएका हुन् । 
जेन-जी आन्दोलनपछि वैकल्पिक शक्तिलाई एकीकृत गर्न भूमिका खेलेका उनलाई रास्वपाले चुनौतीपूर्ण क्षेत्रको जिम्मेवारी दिएर पठाएको छ । 

शर्माले सिधाकुरासँग भने,'चुनौतीकारुपमा हेरिएको क्षेत्रमा जिम्मेवार सहित उभिएको छु, जनमत रास्वपाप्रति आएको छ, क्षेत्र न २ का जनताले पुराना राजनीतिक दललाई चुनौती दिएका छन्, हामीलाई साथ।'

यस्तै शर्मासँग दौडमा नेपाली काँग्रेसले टेकराज पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेले मञ्जु चालिसे र नेपाली कम्युनिस्ट पार्टीले  ज्ञामनाथ गैरेलाई उम्मेदवार बनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमाले सचिव महेश बस्नेतले मागे माफी

एमाले सचिव महेश बस्नेतले मागे माफी

बिहीबार सामाजिक सञ्जाल फेसबुक आईडीमार्फत उनले सो विषयमा माफी मागेका हुन । उनले भनेका छन्, ‘बालेन भाइले ‘म मधेशको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के...
बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु, तीन घाइते

बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु, तीन घाइते

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका...
इलाममा बालेन शाहको चुनावी घरदैलो कार्यक्रम(तस्बिरहरु)

इलाममा बालेन शाहको चुनावी घरदैलो कार्यक्रम(तस्बिरहरु)

झापाको क्षेत्र ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका बालेन शाह  बिहीबार इलाम १ का रास्वपा उम्मेदवार विमल गदाल र  इलाम  २ का उम्मेदवार गोकुलबहादुर राई संग इलाम बजारमा भेट...
सात लाख १० हजार ७०८ मतदाता रहेको काठमाडौँमा प्रतिनिधिसभा सदस्यमा लागि २५७ जनाको उम्मेदवारी

सात लाख १० हजार ७०८ मतदाता रहेको काठमाडौँमा प्रतिनिधिसभा सदस्यमा लागि २५७ जनाको उम्मेदवारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले राससलाई जानकारी दिए ।...