नेभिगेशन
मुख्य समाचार

प्रतिनिधिसभा उम्मेदवारमाथि परेको उजुरीमा आयोग जाँचबुझ गर्दै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी बिहीबार बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि नै सुरु भएको हो । यो क्रम बिहीबार बेलुका ५ बजेसम्म जारी रहने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । बिहीबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिने उनले बताए ।

CG

आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको छ । माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम तय गरिएको जानकारी पनि उनले गराए ।

देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी १ गरी तीन हजार ४८७ को उम्मेद्वारी दर्ता भएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको पनि सहायक प्रवक्ता जिसीले सुनाए ।

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ का एक, रौतहट जिल्ला क्षेत्र नं १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई र कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ । यी उजुरीमाथि अहिले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

तर हसिनाको पूर्व सत्तारूढ अवामी लिगलाई प्रतिबन्ध लगाएपछि सरकारको निष्पक्षतामाथि प्रश्न उठेका छन् । अवामी लिग र बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले परम्परागत रूपमा देशको राजनीतिमा प्रभुत्व जमाउँदै...
फागुन पहिलो साताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने गरी कार्य हुदैछः निर्वाचन आयोग

फागुन पहिलो साताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने गरी कार्य हुदैछः निर्वाचन आयोग

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने बताएका छन् । त्यस्तै समानुपातीकतर्फ डेड करोड मतपत्र छपाई भइसकेको र...
अराजकताको आयू लामो हुँदैन: एमाले अध्यक्ष ओली

अराजकताको आयू लामो हुँदैन: एमाले अध्यक्ष ओली

बिहिबार झापाको दमक–८ स्थित नेपाली कम्युनिष्ट पार्टीका नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै ओलीले अराजकताको आयू लामो नहुने भन्दै आपराधिक गतिविधिमा संलग्नहरु कारवाहीको दायरामा आउने बताएका...
पाँचथरको फिदिम पुगेर बालेन शाहले घण्टी बजाएपछि...(तस्बिरहरु)

पाँचथरको फिदिम पुगेर बालेन शाहले घण्टी बजाएपछि...(तस्बिरहरु)

झापा ५ बाट चुनावी मैदानमा होमीएका शाह बिहीबार इलाम हुदै पाँच्थर पुगेका हुन । रास्वपाका वरिष्ट नेता शाह आफ्ना उम्मेदवारको समर्थन र चुनावी घरदैलो अभियानमा पाँचथरको फिदिम बजार...