नेभिगेशन
मुख्य समाचार

झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताए । जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ सम्वेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेका उहाँले जानकारी दिए । जिल्लामा ८१५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनले बताए ।

CG

प्रजिअ गेलालले क्षेत्र नं ५ मा सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै विगतमा भन्दा बढी सुरक्षाकर्मी आवश्यक पर्ने देखिएपछि प्रदेशसँग थप सुरक्षाकर्मी माग गरिएको जानकारी दिए । पाँच निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचनबाट पाँच जना प्रतिनिधिसभा प्रतिनिधि निर्वाचित हुने र यसका लागि झापामा सात लाख १३ हजार ५३७ जनाले मतदान गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिए । उनले त्यसपछि सुदुरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा...
रास्वपाका उम्मेदवार राजिव खत्री विरुद्धको उजुरी खारेज, भक्तपुर २ मा उम्मेदवारी कायम

रास्वपाका उम्मेदवार राजिव खत्री विरुद्धको उजुरी खारेज, भक्तपुर २ मा उम्मेदवारी कायम

आयोगमा परेको उजुरीका विषयमा खत्रीले सप्रमाण आयोगमा जवाफ बुझाएपछि उनका विरुद्धको उजुरी खारेज भएको हो । अब भक्तपुर २ मा खत्रीको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ...
रेशम चौधरीको उम्मेदवारी खारेज

रेशम चौधरीको उम्मेदवारी खारेज

आयोगको निर्णयमा भनिएको छ,‘नागरिक उन्मुक्ति पार्टी नेपाल ९एकल चुनाव चिन्ह० का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने...
नेप्सेमा नौ अङ्कको वृद्धि

नेप्सेमा नौ अङ्कको वृद्धि

बिहीबार १६२ कम्पनीको शेयर मूल्य बढेको छ । दश कम्पनी स्थिर रहँदा ८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशुली जलविद्युत् कम्पनीको...