नेभिगेशन
समाज

जेनजी घटनाका सम्बन्धमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगको म्याद बिहीबार नै सकिने भएपछि सरकारले म्याद थप गरेको हो ।

Ncell
Extreme Energy

भदौमा तीन महिनाको कार्यादेशसहित गठन भएको आयोगको काम नसकिएपछि यसअघि एक महिना म्याद थप गरिएको थियो । प्रतिवेदन लेखनको कार्य सकिन बाँकी रहेकाले आयोगको आग्रह अनुसार मन्त्रिपरिषद्ले म्याद थपको निर्णय गरेको हो ।
त्यस्तै बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई तोक्ने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले बनायो सचिवालय, कोको परे?

रास्वपाले बनायो सचिवालय, कोको परे?

सचिवालयमा पार्टी सभापतिसहित ७ जना छन् । जसमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी छन् ।
सुनसरीमा आज दिनभर केके भयो ? (तस्बिरहरू)

सुनसरीमा आज दिनभर केके भयो ? (तस्बिरहरू)

आज दिनभर नयाँ झडपका कुनै पनि गतिविधि नभए पनि जिल्लाको अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन । सुरक्षा व्यवस्था कडा पारिएसँगै झुम्का, महेन्द्रचोक, इनरुवा र लौही लगायतका प्रमुख...
प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच एक घण्टा वार्तामा के भयो छलफल ?

प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच एक घण्टा वार्तामा के भयो छलफल ?

मुख्य विषय विपक्षीले जारी राखेको विरोध थियो । ‘विपक्षीले निरन्तर अवरोध गरिरहेका छन्, यसमा तपाईंको योजना के छ ? भनेर सोधेँ’ सभामुख अर्यालले भने । सभामुखको यो प्रश्नमा...