नेभिगेशन
मुख्य समाचार

रास्वपाका उम्मेदवार राजिव खत्री विरुद्धको उजुरी खारेज, भक्तपुर २ मा उम्मेदवारी कायम

काठमाडौँ । निर्वाचन आयोगले भक्तपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार राजिव खत्री विरुद्ध परेको उजुरी खारेज गरेको छ । 

आयोगमा परेको उजुरीका विषयमा खत्रीले सप्रमाण आयोगमा जवाफ बुझाएपछि उनका विरुद्धको उजुरी खारेज भएको हो । अब भक्तपुर २ मा खत्रीको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ । 

CG

खत्रीसँगै आयोगमा परेको नेपाली कम्यूनिस्ट पार्टीका उम्मेदवार नेता माधवकुमार नेपाल र नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठकविरुद्ध परेको उजुरी पनि खारेज भएको आयोगले जनाएको छ ।

नेपाल रौतहट १ बाट उम्मेदवार छन् भने पाठक भक्तपुर २ बाट उम्मेदवार छिन् । 

रास्वपाका सुनसरीका उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरीमा भने निर्णय आइसकेको छैन । उनका विरुद्ध परेको उजुरी माथी छलफल भैरहेको जनाइएको छ । उनी सुनसरी क्षेत्र न २ बाट उम्मेदवार छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा प्रधानमन्त्रीद्वारा छलफल

संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा प्रधानमन्त्रीद्वारा छलफल

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री डा मदन परियार, सहरी विकासमन्त्री कुमार इङ्नाम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय,...
रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थापा विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । तर थापाविरुद्धको उजुरी दाबी नपुगेको भन्दै खारेज गरिएको सुनसरी क्षेत्र नम्बर २ का...
शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिए । उनले त्यसपछि सुदुरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा...
रेशम चौधरीको उम्मेदवारी खारेज

रेशम चौधरीको उम्मेदवारी खारेज

आयोगको निर्णयमा भनिएको छ,‘नागरिक उन्मुक्ति पार्टी नेपाल ९एकल चुनाव चिन्ह० का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने...