नेभिगेशन
मुख्य समाचार

श्रीपञ्चमीमा सरस्वती मन्दिरमा श्रद्धालुहरूको भीड

आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व, यस दिन विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । 
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई 'वसन्त पञ्चमी' पनि भनिन्छ । 

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

CG

भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको 'सरस्वती कवच' को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरेको भन्ने कथन पनि छ ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षराम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । सोही विश्वासका साथ आज बिहानै देखि स्वयम्भु स्थित सरस्वती मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ ।

Sarswotipuja_sidhakura13-1769141987.png

Sarswotipuja_sidhakura8-1769141978.png

Sarswotipuja_sidhakura14-1769141987.png

Sarswotipuja_sidhakura11-1769141983.png

Sarswotipuja_sidhakura7-1769141977.png

Sarswotipuja_sidhakura2-1769141973.png

Sarswotipuja_sidhakura3-1769141973.png

Sarswotipuja_sidhakura5-1769141975.png

Sarswotipuja_sidhakura4-1769141975.png

Sarswotipuja_sidhakura-1769141971.png

Sarswotipuja_sidhakura1-1769141971.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काँग्रेस सभापतिमा चुनिएको ८ दिनपछि थापाले पदभार ग्रहण गरेका छन्(तस्बिरहरु)

काँग्रेस सभापतिमा चुनिएको ८ दिनपछि थापाले पदभार ग्रहण गरेका छन्(तस्बिरहरु)

सभापतिमा चुनिएको ८ दिनपछि पदभार ग्रहणका लागि नेपाली काँग्रेस सभापति गगन थापा केन्द्रीय कार्यालय सानेपा पुगेका हुन । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय...
भ्रष्टाचार निवारण र सुशासन कायम गर्न राष्ट्रिय सभालाई प्रभावकारी बनाउनुपर्नेःअध्यक्ष दाहाल

भ्रष्टाचार निवारण र सुशासन कायम गर्न राष्ट्रिय सभालाई प्रभावकारी बनाउनुपर्नेःअध्यक्ष दाहाल

शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औँ अधिवेशन शुभारम्भ बक्तव्य दिदै अध्यक्ष दाहालले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त...
आशिकाले भनिन् ‘मैले उम्मेदवारी फिर्ता गरेको छैन’

आशिकाले भनिन् ‘मैले उम्मेदवारी फिर्ता गरेको छैन’

सिधाकुरासँग कुरा गर्दै उनले आफू अहिले निर्वाचन कार्यालयतर्फ गइरहेको र उम्मेदवारी फिर्ता नलिने बताइन् ।
गगन थापालाई मधेशमा उभ्याएर देश बिकासको सुरुवात गर्न चाहेका छौँः प्रदीप पौडेल

गगन थापालाई मधेशमा उभ्याएर देश बिकासको सुरुवात गर्न चाहेका छौँः प्रदीप पौडेल

शुक्रबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री पौडेलले प्रतिपष्र्धा व्यक्तिले नभइ व्यक्तिले उठाएको मुद्दाले गर्ने भएकाले आफुहरुले उठाएका मुद्दाहरुलाई घोषणापत्रले स्पष्ट पार्ने बताएका हुन् ।

भर्खरै