नेभिगेशन
मुख्य समाचार

सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ४०० रुपैयाँ

काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको छ ।

CG

गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो ।

गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री  भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काँग्रेस सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न कार्यसमिति बैठकमा प्रस्ताव पेश

काँग्रेस सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न कार्यसमिति बैठकमा प्रस्ताव पेश

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यालय सानेपाको बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेश गरेका हुन् ।
काँग्रेस सभापतिमा चुनिएको ८ दिनपछि थापाले पदभार ग्रहण गरेका छन्(तस्बिरहरु)

काँग्रेस सभापतिमा चुनिएको ८ दिनपछि थापाले पदभार ग्रहण गरेका छन्(तस्बिरहरु)

सभापतिमा चुनिएको ८ दिनपछि पदभार ग्रहणका लागि नेपाली काँग्रेस सभापति गगन थापा केन्द्रीय कार्यालय सानेपा पुगेका हुन । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय...
भ्रष्टाचार निवारण र सुशासन कायम गर्न राष्ट्रिय सभालाई प्रभावकारी बनाउनुपर्नेःअध्यक्ष दाहाल

भ्रष्टाचार निवारण र सुशासन कायम गर्न राष्ट्रिय सभालाई प्रभावकारी बनाउनुपर्नेःअध्यक्ष दाहाल

शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औँ अधिवेशन शुभारम्भ बक्तव्य दिदै अध्यक्ष दाहालले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त...
आशिकाले भनिन् ‘मैले उम्मेदवारी फिर्ता गरेको छैन’

आशिकाले भनिन् ‘मैले उम्मेदवारी फिर्ता गरेको छैन’

सिधाकुरासँग कुरा गर्दै उनले आफू अहिले निर्वाचन कार्यालयतर्फ गइरहेको र उम्मेदवारी फिर्ता नलिने बताइन् ।

भर्खरै