नेभिगेशन
मुख्य समाचार

नवनिर्वाचित कांग्रेस सभापति थापाले पदभार ग्रहण गर्दै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले शुक्रबार पदवहाली गर्दै छन् ।

काठमाडौँमा यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।  पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

CG

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरुकोे उपस्थितिका लागि अनुरोध गरिएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काँग्रेस सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न कार्यसमिति बैठकमा प्रस्ताव पेश

काँग्रेस सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न कार्यसमिति बैठकमा प्रस्ताव पेश

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यालय सानेपाको बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेश गरेका हुन् ।
काँग्रेस सभापतिमा चुनिएको ८ दिनपछि थापाले पदभार ग्रहण गरेका छन्(तस्बिरहरु)

काँग्रेस सभापतिमा चुनिएको ८ दिनपछि थापाले पदभार ग्रहण गरेका छन्(तस्बिरहरु)

सभापतिमा चुनिएको ८ दिनपछि पदभार ग्रहणका लागि नेपाली काँग्रेस सभापति गगन थापा केन्द्रीय कार्यालय सानेपा पुगेका हुन । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय...
भ्रष्टाचार निवारण र सुशासन कायम गर्न राष्ट्रिय सभालाई प्रभावकारी बनाउनुपर्नेःअध्यक्ष दाहाल

भ्रष्टाचार निवारण र सुशासन कायम गर्न राष्ट्रिय सभालाई प्रभावकारी बनाउनुपर्नेःअध्यक्ष दाहाल

शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औँ अधिवेशन शुभारम्भ बक्तव्य दिदै अध्यक्ष दाहालले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त...
आशिकाले भनिन् ‘मैले उम्मेदवारी फिर्ता गरेको छैन’

आशिकाले भनिन् ‘मैले उम्मेदवारी फिर्ता गरेको छैन’

सिधाकुरासँग कुरा गर्दै उनले आफू अहिले निर्वाचन कार्यालयतर्फ गइरहेको र उम्मेदवारी फिर्ता नलिने बताइन् ।

भर्खरै