नेभिगेशन
मुख्य समाचार

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जानकारी दिए ।

CG

यसैगरी देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष तीन हजार ८८, महिला ३९५ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८५ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो ।

उजुरीका आधारमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । काठमाडौँ जिल्ला क्षेत्र नं १० स्थित निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त सूचनाका आधारमा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकी मितेरी पार्टीकी उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी पनि खारेज गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काँग्रेस सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न कार्यसमिति बैठकमा प्रस्ताव पेश

काँग्रेस सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न कार्यसमिति बैठकमा प्रस्ताव पेश

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यालय सानेपाको बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेश गरेका हुन् ।
काँग्रेस सभापतिमा चुनिएको ८ दिनपछि थापाले पदभार ग्रहण गरेका छन्(तस्बिरहरु)

काँग्रेस सभापतिमा चुनिएको ८ दिनपछि थापाले पदभार ग्रहण गरेका छन्(तस्बिरहरु)

सभापतिमा चुनिएको ८ दिनपछि पदभार ग्रहणका लागि नेपाली काँग्रेस सभापति गगन थापा केन्द्रीय कार्यालय सानेपा पुगेका हुन । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय...
भ्रष्टाचार निवारण र सुशासन कायम गर्न राष्ट्रिय सभालाई प्रभावकारी बनाउनुपर्नेःअध्यक्ष दाहाल

भ्रष्टाचार निवारण र सुशासन कायम गर्न राष्ट्रिय सभालाई प्रभावकारी बनाउनुपर्नेःअध्यक्ष दाहाल

शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औँ अधिवेशन शुभारम्भ बक्तव्य दिदै अध्यक्ष दाहालले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त...
आशिकाले भनिन् ‘मैले उम्मेदवारी फिर्ता गरेको छैन’

आशिकाले भनिन् ‘मैले उम्मेदवारी फिर्ता गरेको छैन’

सिधाकुरासँग कुरा गर्दै उनले आफू अहिले निर्वाचन कार्यालयतर्फ गइरहेको र उम्मेदवारी फिर्ता नलिने बताइन् ।

भर्खरै