नेभिगेशन
मुख्य समाचार

बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिन रास्वपाको आग्रह, स्वर्णीमले भने: संक्रमणकालीन व्यवस्थापनमा अभिभावक बन्नुस्

काठमाडौँ । डा.बाबुराम भट्टराईलाई गोरखा क्षेत्र न २ मा दिएका उम्मेदवारी फिर्ता लिएर संक्रमणकालीन व्यवस्थापनमा अभिवावकीय भूमिका खेल्न राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रह गरेको छ । 
रास्वपा उपसभापति डा.स्वर्णीम वाग्लेले सामाजिक सञ्जालमा बाबुराम भट्राईसँगको तस्विर राख्दै उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा रास्वपालाई सघाउन आग्रह गरेका छन् । 

 नयाँ र वैकल्पिक अभियानको सुत्रपात नै भट्टराई भएकाले उनको अनुभवबाट मुलुकमा धेरै गर्न सकिने डा.वाग्लले उल्लेख गरेका छन् । 

CG

यस्तो छ उनको स्टाटसः
पुराना दलहरूले राजनीतिक(सामाजिक सशक्तिकरणका लागि व्यवस्था परिवर्तनकै संघर्षबाट जे जति उपलब्धि हासिल गरे तिनको सारभूत संरक्षण गर्दै आगामी २१औं शताब्दीमा आर्थिक समुन्नतिको बाटो भने नयाँ र वैकल्पिक राजनीतिक दल र अभियानहरूबाट मात्र सफल हुन्छ भन्ने निष्कर्ष सहित ुनयाँ शक्तिु को कल्पना डा। बाबुराम भट्टराईले  गर्नुभएको हो। तत्पश्चात् उन्नत बन्दै आएको वैकल्पिक राजनीतिक जगमा आज राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, विस्तार र उचाइ सम्भव हुन सकेको सर्वविदितै छ। पूर्व प्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको राजनीतिक(प्रशासनिक एवं सुशासन र विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापन (transitional management) मा उहाँको अनुभवबाट सिक्दै हामीले धेरै गर्नुछ। त्यसैले फागुन २१ को आसन्न निर्वाचनमा गोरखा क्षेत्र न। २ बाट उम्मेदवार रहनुभएका डा। भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्दछौं।
स्वर्णिम वाग्ले 
उपसभापति, राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधिसभा निर्वांचनः देशभरबाट ४९ उम्मेदवारको मनोनयन फिर्ता

प्रतिनिधिसभा निर्वांचनः देशभरबाट ४९ उम्मेदवारको मनोनयन फिर्ता

आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । यससम्बन्धी...
धादिङ १ मा आसिकासहित आठ जना चुनावी प्रतिस्पर्धामा उत्रिदै, कसैले उम्मेदवारी फिर्ता लिएनन्

धादिङ १ मा आसिकासहित आठ जना चुनावी प्रतिस्पर्धामा उत्रिदै, कसैले उम्मेदवारी फिर्ता लिएनन्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका मध्ये कुनै उम्मेदवारलाई चुनाव लड्न इच्छा नभएको खण्डमा उम्मेदवारी फिर्ता गर्न सक्ने भन्दै निर्वाचन आयोग छुटाएको समायाधिमा कुनै पनि उम्मेदवारले आफ्नो...
काँग्रेस सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न कार्यसमिति बैठकमा प्रस्ताव पेश

काँग्रेस सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न कार्यसमिति बैठकमा प्रस्ताव पेश

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यालय सानेपाको बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेश गरेका हुन् ।
काँग्रेस सभापतिमा चुनिएको ८ दिनपछि थापाले पदभार ग्रहण गरेका छन्(तस्बिरहरु)

काँग्रेस सभापतिमा चुनिएको ८ दिनपछि थापाले पदभार ग्रहण गरेका छन्(तस्बिरहरु)

सभापतिमा चुनिएको ८ दिनपछि पदभार ग्रहणका लागि नेपाली काँग्रेस सभापति गगन थापा केन्द्रीय कार्यालय सानेपा पुगेका हुन । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय...

भर्खरै