नेभिगेशन
समाज

भ्रष्टाचार निवारण र सुशासन कायम गर्न राष्ट्रिय सभालाई प्रभावकारी बनाउनुपर्नेःअध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भ्रष्टाचार निवारण र सुशासन कायमको लक्ष्य हासिल गर्न राष्ट्रिय सभालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औँ अधिवेशन शुभारम्भ बक्तव्य दिदै अध्यक्ष दाहालले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त लक्ष्य हासि गर्न सभालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन ।

Ncell
Extreme Energy

जेनजी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

संविधान र नियमावलीको व्यवस्थामा प्रतिकुल नहुने गरी सभाका कामकारवाहीलाई छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर सुधारको अभियान अन्तर्गत भौतिक, कार्यविधिगत र अन्य विविध आयाममा सुधार गरिएको उनले बताए ।

उनले राष्ट्रिय सभामा विगतदेखि नै हुँदै आएका असल अभ्यासहरूलाई अझै सुदृढ र व्यवस्थित गर्दै यस अधिवेशनमा नयाँ नयाँ अभ्यासको शुरूवात गर्न सुझबुझका साथ सबैको योगदान हुने अपेक्षा गरेका थिए ।

अध्यक्ष दाहालले सभामा हालसम्म उत्पत्ति भएका ६८ वटा विधेयकहरूमध्ये ३९ वटा विधेयक प्रमाणीकरण भइसकेको, १२ वटा विधेयक सरकारले फिर्ता लिएको, प्रतिनिधि सभा विघटित हुँदा राष्ट्रिय सभामा दर्ता भई सभाबाट पारित गरेर प्रतिनिधि सभामा विचाराधीन रहेका ७ वटा विधेयक सहित १२ वटा विधेयक निष्क्रिय भएको जानकारी दिए ।

हाल सभामा विचाराधीन ५ वटा विधेयक मध्ये एक वटा विधेयक सभामा सैद्धान्तिक छलफल भई सभामा रहेको, एक वटा विधेयक विधायन व्यवस्थापन समितिले पारित गरी सभामा प्रतिवेदन पेश भएको र ३ वटा विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलको करिब अन्तिम चरणमा रहेको उनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।