नेभिगेशन
मुख्य समाचार

प्रतिनिधिसभा निर्वांचनः देशभरबाट ४९ उम्मेदवारको मनोनयन फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । यससम्बन्धी थप जानकारी आउनेक्रम जारी रहेको उनले बताए ।

CG

उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको पनि नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

समानुपातिक प्रणालीका लागि राजनीतिक दलले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । माघ १० गते शनिबार समानुपातिकतर्फको दाबी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने त्यस अवसरमा जानकारी दिइयो ।

प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली शुक्रबार देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको आयोगले जनाएको छ ।

शुक्रबार ४ बजेदेखि ७ बजेसम्म ती कार्यालयमा दलका तर्फबाट र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि देश दुर्घटना जानसक्ने प्रचण्डको संकेत

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि देश दुर्घटना जानसक्ने प्रचण्डको संकेत

शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरुलाई नेकपा प्रवेश गराउदै प्रचण्डले अझै पनि देशमा पुरै दुर्घटना नटरेको भन्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन...
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

बैठकले भारतको नयाँ दिल्लीमा यही माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने ‘फष्ट साउथ एसियन एग्रोफरेष्ट्री एन्ड ट्रिज आउटसाइड फोरकास्ट कन्फ्रेन्स’ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव...
बदलिएको कांग्रेसले नै देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिका छौंः सभापति थापा

बदलिएको कांग्रेसले नै देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिका छौंः सभापति थापा

विशेष महाधिवेशनमा पार्टी सभापति निर्वाचित भएपछि शुक्रबार पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेर पदभार ग्रहणका साथै केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै सभापति थापाले सवैको चाहना अनुसार नै...
भावी प्रधानमन्त्रीको उम्मेदवार सभापति गगन थापालाई बनाउने काँग्रेसको घोषणा

भावी प्रधानमन्त्रीको उम्मेदवार सभापति गगन थापालाई बनाउने काँग्रेसको घोषणा

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए । उपसभापति शर्माको प्रस्तावलाई बैठकले पारित गरेको प्रवक्ता चालिसेले बताए । बैठकले निर्वाचनलाई प्रभावकारी बनाउन...

भर्खरै