नेभिगेशन
मुख्य समाचार

भावी प्रधानमन्त्रीको उम्मेदवार सभापति गगन थापालाई बनाउने काँग्रेसको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए । उपसभापति शर्माको प्रस्तावलाई बैठकले पारित गरेको प्रवक्ता चालिसेले बताए । बैठकले निर्वाचनलाई प्रभावकारी बनाउन प्रचार प्रसार समिति गठन गरेको छ ।

CG

त्यस्तै बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ भने जेनजी आन्दोलनबाट क्षतिग्रस्त पार्टीको भवन पुननिर्माणका लागि पार्टीका पूर्व कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको प्रवक्ता चालिसेले बताए ।

त्यस्तै बैठकपछि उपसभापति विश्वप्रका शर्माले परिवर्तनको अपेक्षालाई आफ्नो पार्टीभित्र अभ्यास गर्ने पार्टी कांग्रेस नै भएकाले अव मुलुकको प्रधानमन्त्रीको रुपमा सभापति थापालाइ अघि सारिएको बताए । सरकारमा रहेका भएका कमिकमजोरीलाई सच्चाउदै नयाँ भिजनका साथ मुलुकलाई अघि बढाउने काम कांग्रेसले मात्रै गर्न सक्ने उनले बताए ।

उनले प्रतिकुल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता कांग्रेस सभापति थापासंग मात्रै रहेको बताए । कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ । कांग्रेसका विशेष महाधिवेशनबाट चयन भएपछि नयाँ कार्यसमिति सदस्यहरु पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस प्रवक्ता चालिसेको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

कांग्रेस प्रवक्ता चालिसेको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो । त्यसैगरी, बैठकले कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका...
बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि देश दुर्घटना जानसक्ने प्रचण्डको संकेत

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि देश दुर्घटना जानसक्ने प्रचण्डको संकेत

शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरुलाई नेकपा प्रवेश गराउदै प्रचण्डले अझै पनि देशमा पुरै दुर्घटना नटरेको भन्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन...
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

बैठकले भारतको नयाँ दिल्लीमा यही माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने ‘फष्ट साउथ एसियन एग्रोफरेष्ट्री एन्ड ट्रिज आउटसाइड फोरकास्ट कन्फ्रेन्स’ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव...
बदलिएको कांग्रेसले नै देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिका छौंः सभापति थापा

बदलिएको कांग्रेसले नै देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिका छौंः सभापति थापा

विशेष महाधिवेशनमा पार्टी सभापति निर्वाचित भएपछि शुक्रबार पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेर पदभार ग्रहणका साथै केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै सभापति थापाले सवैको चाहना अनुसार नै...

भर्खरै