नेभिगेशन
समाज

भावी प्रधानमन्त्रीको उम्मेदवार सभापति गगन थापालाई बनाउने काँग्रेसको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए । उपसभापति शर्माको प्रस्तावलाई बैठकले पारित गरेको प्रवक्ता चालिसेले बताए । बैठकले निर्वाचनलाई प्रभावकारी बनाउन प्रचार प्रसार समिति गठन गरेको छ ।

Ncell
Extreme Energy

त्यस्तै बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ भने जेनजी आन्दोलनबाट क्षतिग्रस्त पार्टीको भवन पुननिर्माणका लागि पार्टीका पूर्व कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको प्रवक्ता चालिसेले बताए ।

त्यस्तै बैठकपछि उपसभापति विश्वप्रका शर्माले परिवर्तनको अपेक्षालाई आफ्नो पार्टीभित्र अभ्यास गर्ने पार्टी कांग्रेस नै भएकाले अव मुलुकको प्रधानमन्त्रीको रुपमा सभापति थापालाइ अघि सारिएको बताए । सरकारमा रहेका भएका कमिकमजोरीलाई सच्चाउदै नयाँ भिजनका साथ मुलुकलाई अघि बढाउने काम कांग्रेसले मात्रै गर्न सक्ने उनले बताए ।

उनले प्रतिकुल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता कांग्रेस सभापति थापासंग मात्रै रहेको बताए । कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ । कांग्रेसका विशेष महाधिवेशनबाट चयन भएपछि नयाँ कार्यसमिति सदस्यहरु पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।