नेभिगेशन
समाज

यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

काठमाडौँ । सरकारले सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश आर्यालले उक्त जानकारी दिएका हुन ।

Ncell
Extreme Energy

मन्त्रिपरिषद् बैठकले तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिएको छ ।

बैठकले भारतको नयाँ दिल्लीमा यही माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने ‘फष्ट साउथ एसियन एग्रोफरेष्ट्री एन्ड ट्रिज आउटसाइड फोरकास्ट कन्फ्रेन्स’ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ पुस १५ देखि १७ गतेसम्म बङ्गलादेशकी पूर्वप्रधानमन्त्री गेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी भएका परराष्ट्रमन्त्रीको बङ्गलादेश भ्रमण समर्थन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्लामा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।

यस्तै, बैठकले नेपाल सरकारको नाममा दर्ता श्रेस्ता कायम रहेको काभ्रेपलाञ्चोक जिल्लामा रहेको एक रोपनी जग्गा खानेपानी तथा सरसफाइ डिभिजन नं ३, सिन्धुपाल्चोकलाई उपयोग गर्न स्वीकृति दिएको छ ।

मन्त्रीपरिषद् बैठकले विसं २०८१ फागुन २७ मा प्रतिनिधिसभाबाट पारित मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई २०८१ फागुन २७ गतेको अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।