नेभिगेशन
मुख्य समाचार
पब्लिक डिबेटः

७६ जना बच्चाको हत्यारा र मतियारसँग एउटै मञ्चमा उभिन्नः बालेन

पब्लिक डिबेटका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वान रास्वपाका बरिष्ठ नेता बालेन शाहले ठाडै अस्विकार गरेका छन् । 
केपी ओलीसँग एउटै मञ्चमा उभिनु भनेको ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग सामेल भएको बुझिने बालेनले उल्लेख गरेका छन् । 
आइतबार बिहान सामाजिक सञ्जालमार्फत् केपी ओलीले पब्लिक डिबेटको आह्वान नै गरेका थिए । 
उनले लेखेका थिए, ‘पब्लिक डिबेटको लागि तयार छौं। नयाँरपुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा ९एमाले० देश बनाउने तर्फबाट मैदानमा छ । यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ,’। 

फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने दाबी समेत गरेका थिए । 

CG

यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएको ओलीले भनेका छन्। 

‘देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ रु सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। 

चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु।  त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु,’ उनले भनेका छन्।
उनको यो स्टासटमा बालेनले प्रतिक्रिया दिएका छन् । 

रास्वपाका वरिष्ठ नेता बालेनले लेखेका छन्,'आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो । तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो ? त्योपछि अरू कुरा गरौँला ।'
७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेले भएको बुझिनेछ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तनहुँ जीप दुर्घटनाः एकको मृत्यु, एक जना घाइते

तनहुँ जीप दुर्घटनाः एकको मृत्यु, एक जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक अनुसार कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप आइतबार बिहान सडकबाट अन्दाजी २० मिटर तल...
राष्ट्रियसभाको १७ सदस्यका लागि  सातै प्रदेशमा मतदान जारी

राष्ट्रियसभाको १७ सदस्यका लागि  सातै प्रदेशमा मतदान जारी

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान सुरु...
सुनको मूल्य तोलाकै ३ लाख ३ हजार ८ सय पुग्यो

सुनको मूल्य तोलाकै ३ लाख ३ हजार ८ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।