नेभिगेशन
समाज

बालेनको स्पष्ट सन्देश: ओली भदौ २३ का हत्यारा हुन्, गगन थापा मतियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले काँग्रेस र एमालेबाट प्रधानमन्त्री उम्मेदवार प्रस्तावित दुवै जना भदौ २३ मा संलग्न रहेको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाएका बालेनले सार्वजनिक बहस गर्न सक्‍तैनन् भन्ने भाष्य लक्षित केही सञ्चारकर्मीहरू प्रधानमन्त्रीको उम्मेदवारबीच बहस गर्नु पर्ने चर्चा चलाए पछि बालेनले कडा प्रतिक्रिया दिएका हुन् ।

Ncell
Extreme Energy

आफ्नो पक्षपोषण गर्ने सञ्चार माध्यमबाट चलाईको बहसको हल्लामा सही थाप्दै एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री उम्मेदवारीहरूसँग बहस गर्न तयार रहेको शनिवार फेसबुकमा लेखेका थिए । 

तर, आइतबार सोही फेसबुक स्ट्याटसमा कमेन्टमा गर्दै बालेनले भदौ २३ को नरसंहारमा संलग्न र मतियारसँग सार्वजनिक मञ्चमा नउभिने बताए ।

सञ्चारकर्मीहरूलाई बहस गर्ने भनका उम्मेदवारहरू एमाले अध्यक्ष केपी ओली, नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा र रास्वपा वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाह हुन् । तर, बालेनले ओली थापा दुवैलाई भदौ २३ को हत्याका योजनाकार र मतियारको संज्ञा दिए । 

‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो । तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो रु त्योपछि अरू कुरा गरौँला,’ बालेनले देखेका छन् ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’

बालेनले पहिले त आफ्नो स्ट्याटसमा ओलीलाई भदौ २३ को नरसंहारको आरोप लगाएका छन् र उनैले २४ घटाएको पनि भनेका छन् । ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो । तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो,’ बालेनले भनेका छन् । 

यस्तै, बालेनले ओलीलाई बालेनले आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने भनी प्रश्न गरेका छन् ? ‘आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो रु त्योपछि अरू कुरा गरौँला’ बालेनले भनेका छन् । ’

बालेनले भनेको अर्को महत्वपूर्ण कुरा चाँही भदौ २३ र २४ को मतियार गगन थापा हुन भने सङ्केत हो । प्रधानमन्त्रीको उम्मेदवार को को हुन भन्ने बालेनलाई थाहा छ र उनले आफ्नो प्रतिक्रियाको अन्तिममा बनेको मतियार गगनतर्फ लक्षित छ। 

‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेले भएको बुझिनेछ,’ बालेनले भनेका थिए । भदौ २३ को जेनजी आन्दोलन हुँदा गगन थापा महामन्त्री रहेको नेपाली काँग्रेस सत्ताको प्रमुख साझेदार थियो । गगन थापाकै घनिष्ट मित्र एवम् नेता रमेश लेखक गृहमन्त्रीको जिम्मेवारी थिए। 

यतिमात्रै होइन की काँग्रेस एमाले गठबन्धन सरकारको काम कारबाही प्रभावकारी बनाउन  र सरकारलाई सल्लाह दिन गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्य गगन थापा पनि थिए।

भलै जेनजी आन्दोलन पछि यसमा जस लि नेता थापाले यो सबैको दोष तत्कालिन प्रधानमन्त्री ओली र सत्ता गठबन्धन गरेका तत्कालिन काँग्रेस सभापति शेरबहादुर देउवालाई दिने गरेका छन् । 

यस अघि ओलीसँग रुष्ट बालेनले पहिलो पटक काँग्रेस सभापति गगनर्लाइ पनि भदौ २३ का मतियारकाे संज्ञ दिएका हुन्। यो समाचार तयार गर्दासम्म काँग्रेसतर्फबाट बालेनको प्रतिक्रियाको कुनै जवाफ आएको छैन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।