नेभिगेशन
मुख्य समाचार

बालेनको स्पष्ट सन्देश: ओली भदौ २३ का हत्यारा हुन्, गगन थापा मतियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले काँग्रेस र एमालेबाट प्रधानमन्त्री उम्मेदवार प्रस्तावित दुवै जना भदौ २३ मा संलग्न रहेको आरोप लगाएका छन् । 

रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाएका बालेनले सार्वजनिक बहस गर्न सक्‍तैनन् भन्ने भाष्य लक्षित केही सञ्चारकर्मीहरू प्रधानमन्त्रीको उम्मेदवारबीच बहस गर्नु पर्ने चर्चा चलाए पछि बालेनले कडा प्रतिक्रिया दिएका हुन् ।

CG

आफ्नो पक्षपोषण गर्ने सञ्चार माध्यमबाट चलाईको बहसको हल्लामा सही थाप्दै एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री उम्मेदवारीहरूसँग बहस गर्न तयार रहेको शनिवार फेसबुकमा लेखेका थिए । 

तर, आइतबार सोही फेसबुक स्ट्याटसमा कमेन्टमा गर्दै बालेनले भदौ २३ को नरसंहारमा संलग्न र मतियारसँग सार्वजनिक मञ्चमा नउभिने बताए ।

सञ्चारकर्मीहरूलाई बहस गर्ने भनका उम्मेदवारहरू एमाले अध्यक्ष केपी ओली, नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा र रास्वपा वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाह हुन् । तर, बालेनले ओली थापा दुवैलाई भदौ २३ को हत्याका योजनाकार र मतियारको संज्ञा दिए । 

‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो । तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो रु त्योपछि अरू कुरा गरौँला,’ बालेनले देखेका छन् ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’

बालेनले पहिले त आफ्नो स्ट्याटसमा ओलीलाई भदौ २३ को नरसंहारको आरोप लगाएका छन् र उनैले २४ घटाएको पनि भनेका छन् । ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो । तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो,’ बालेनले भनेका छन् । 

यस्तै, बालेनले ओलीलाई बालेनले आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने भनी प्रश्न गरेका छन् ? ‘आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो रु त्योपछि अरू कुरा गरौँला’ बालेनले भनेका छन् । ’

बालेनले भनेको अर्को महत्वपूर्ण कुरा चाँही भदौ २३ र २४ को मतियार गगन थापा हुन भने सङ्केत हो । प्रधानमन्त्रीको उम्मेदवार को को हुन भन्ने बालेनलाई थाहा छ र उनले आफ्नो प्रतिक्रियाको अन्तिममा बनेको मतियार गगनतर्फ लक्षित छ। 

‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेले भएको बुझिनेछ,’ बालेनले भनेका थिए । भदौ २३ को जेनजी आन्दोलन हुँदा गगन थापा महामन्त्री रहेको नेपाली काँग्रेस सत्ताको प्रमुख साझेदार थियो । गगन थापाकै घनिष्ट मित्र एवम् नेता रमेश लेखक गृहमन्त्रीको जिम्मेवारी थिए। 

यतिमात्रै होइन की काँग्रेस एमाले गठबन्धन सरकारको काम कारबाही प्रभावकारी बनाउन  र सरकारलाई सल्लाह दिन गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्य गगन थापा पनि थिए।

भलै जेनजी आन्दोलन पछि यसमा जस लि नेता थापाले यो सबैको दोष तत्कालिन प्रधानमन्त्री ओली र सत्ता गठबन्धन गरेका तत्कालिन काँग्रेस सभापति शेरबहादुर देउवालाई दिने गरेका छन् । 

यस अघि ओलीसँग रुष्ट बालेनले पहिलो पटक काँग्रेस सभापति गगनर्लाइ पनि भदौ २३ का मतियारकाे संज्ञ दिएका हुन्। यो समाचार तयार गर्दासम्म काँग्रेसतर्फबाट बालेनको प्रतिक्रियाको कुनै जवाफ आएको छैन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की

नेपाल खुल्ला विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति कार्कीको प्रमुख आतिथ्यमा आइतबार काठमाडौँ आयोजित पहिलो दीक्षान्त समारोहमा उनले उत्कृष्ट उच्च शिक्षामार्फत स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गरी विद्यमान समस्या समाधान गर्दै...
बित्तीय असन्तुलनका कारण स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन समस्या भयोः मन्त्री शर्मा

बित्तीय असन्तुलनका कारण स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन समस्या भयोः मन्त्री शर्मा

आफ्नो तीन महिने कार्यकालमा भएका कामकारवाहीका बारेमा जानकारी दिन आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन आफुहरुले पहिलो दिनदेखि नै कार्य सुरु गरेपनि बिभिन्न...
राष्ट्रिय सभा निर्वाचनः मधेसमा चार सिटका लागि जनकपुरमा मतदान जारी(तस्बिरहरु)

राष्ट्रिय सभा निर्वाचनः मधेसमा चार सिटका लागि जनकपुरमा मतदान जारी(तस्बिरहरु)

जनकपुरधाम उपमहानगरपालिका ४ महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।
राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान

राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आइतबार बिहान ९ः०० बजेदेखि सुरु भई अपराह्न ३ः०० बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो...

भर्खरै