नेभिगेशन
मुख्य समाचार

प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने

काठमाडौँ । यस वर्षको ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ यही माघ २४ गते हुने भएको छ ।

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको जानकारी दिइएको हो ।

CG

उक्त प्रतियोगिताअन्तर्गत ४२ दशमलव १९५ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमी दूरीको हाफ म्याराथन आयोजना हुने नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

उनका अनुसार म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्रदान गरिनेछ । हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमशः रु एक लाख, रु ७५ हजार र रु ५० हजार प्रदान गरिने तालिम तथा खेलकुद केन्द्रका प्रमुख मदनजङ्ग राणाले जानकारी दिए ।

सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकास प्राप्त तथा सेवारत सकलदर्जा र गैरसैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किमी दूरीको दौड प्रतियोगिता पनि आयोजना हुनेछ ।

सोही दिन आयोजना हुने पाँच किमी दूरीको वाकाथनमा प्रमुख अतिथि र आमन्त्रित उच्च पदस्थ व्यक्तिको सहभागिता हुने केन्द्रका सेनानी गगनबहादुर महतराले जानकारी दिए । सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित पाँच किमी दूरीको दौडसमेत सञ्चालन हुनेछ ।

दश किमी र पाँच किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः रु दश हजार, रु सात हजार र रु पाँच हजार नगद प्रदान गरिने छ । विसं २०७२ देखि प्रत्येक वर्ष महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आयोजना हुँदै आएकामा यस वर्ष यस ११औँ संस्करणको प्रतियोगितामा आयोजना हुनेछ ।

विभिन्न पाँच विधामा करिब दुई हजार ५०० धावकको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । यसवर्ष महाशिवरात्रि तथा सेना दिवस आगामी फागुन ३ गते परेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रियसभा सदस्य निर्वाचनः ९५ प्रतिशतभन्दा बढी मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनः ९५ प्रतिशतभन्दा बढी मतदान

बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म भएको मतदानमा सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आगामी फागुन २० गतेदेखि...
सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैनः गृहमन्त्री अर्याल

सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैनः गृहमन्त्री अर्याल

भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर आइतबार उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन उच्च अधिकारी वा निकायको आदेशको प्रतीक्षा गर्नु नपर्ने बताएका...
माघ १४ गतेदेखि काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो आयोजना हुने

माघ १४ गतेदेखि काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो आयोजना हुने

उद्योग वाणिज्य संघ काठमाडौंले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उदेश्यका साथ काठमाडौंको भृकुटीमण्डपमा माघ १४ देखि १७...
निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

आइतबारदेखिनै संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको निर्वाचन आयोगले पत्रकार सम्मेलनमार्फत जनाएको हो ।

भर्खरै