नेभिगेशन
समाज

प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने

काठमाडौँ । यस वर्षको ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ यही माघ २४ गते हुने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको जानकारी दिइएको हो ।

Ncell
Extreme Energy

उक्त प्रतियोगिताअन्तर्गत ४२ दशमलव १९५ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमी दूरीको हाफ म्याराथन आयोजना हुने नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

उनका अनुसार म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्रदान गरिनेछ । हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमशः रु एक लाख, रु ७५ हजार र रु ५० हजार प्रदान गरिने तालिम तथा खेलकुद केन्द्रका प्रमुख मदनजङ्ग राणाले जानकारी दिए ।

सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकास प्राप्त तथा सेवारत सकलदर्जा र गैरसैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किमी दूरीको दौड प्रतियोगिता पनि आयोजना हुनेछ ।

सोही दिन आयोजना हुने पाँच किमी दूरीको वाकाथनमा प्रमुख अतिथि र आमन्त्रित उच्च पदस्थ व्यक्तिको सहभागिता हुने केन्द्रका सेनानी गगनबहादुर महतराले जानकारी दिए । सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित पाँच किमी दूरीको दौडसमेत सञ्चालन हुनेछ ।

दश किमी र पाँच किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः रु दश हजार, रु सात हजार र रु पाँच हजार नगद प्रदान गरिने छ । विसं २०७२ देखि प्रत्येक वर्ष महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आयोजना हुँदै आएकामा यस वर्ष यस ११औँ संस्करणको प्रतियोगितामा आयोजना हुनेछ ।

विभिन्न पाँच विधामा करिब दुई हजार ५०० धावकको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । यसवर्ष महाशिवरात्रि तथा सेना दिवस आगामी फागुन ३ गते परेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।