नेभिगेशन
मुख्य समाचार

सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैनः गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन् ।

भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर आइतबार उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन उच्च अधिकारी वा निकायको आदेशको प्रतीक्षा गर्नु नपर्ने बताएका हुन ।

CG

गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत हुनसक्ने अमर्यादित तथा कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार तथा सूचनाको सूक्ष्म ढङ्गले अनुगमन गर्न निर्देशन दिए ।

साथै उनले मिथ्या सूचना प्रवाह गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । निर्वाचनलाई दृष्टिगत गरी ब्युरोलाई अझ सक्रिय हुन गृहमन्त्रीले आग्रह गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी

महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ कांग्रेसका  चन्द्रबहादुर केसी र अपाङ्ग/अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी भएका हुन ।
एक आपसमा शुभकामना आदानप्रदान गर्दै तामाङ समुदायले मनाए म्हेन्दोमाया पर्व(तस्बिरहरू)

एक आपसमा शुभकामना आदानप्रदान गर्दै तामाङ समुदायले मनाए म्हेन्दोमाया पर्व(तस्बिरहरू)

उनीहरूले ल्होसारको अवसरमा म्हेन्दोमाया गायन तथा विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम आयोजना गरी एक अर्कामा शुभकामना आदानप्रदान गरी सो कार्यक्रम मनाएका हुन् ।
रेशमलाल चौधरीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

रेशमलाल चौधरीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आइतबार कारण देखाउ आदेश गर्दै मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचनः ९५ प्रतिशतभन्दा बढी मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनः ९५ प्रतिशतभन्दा बढी मतदान

बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म भएको मतदानमा सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आगामी फागुन २० गतेदेखि...

भर्खरै