नेभिगेशन
मुख्य समाचार

फेक रेस्क्यूमा संलग्न बिभिन्न ट्राभल एजेन्सीका सञ्चालक सीआइबीको फन्दामा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न बिभिन्न ट्राभल एजेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ ।

सीआईबीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पर्वतीय क्षेत्रबाट नक्कली उद्धार कागजात तयार गरि ठगी गरेको आरोपमा बिभिन्न ट्राभल एजेन्सीका ६ जनालाई पक्राउ गरिएको जनाएको हो ।

CG

पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया तथा एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक एवं प्रबन्धक सुभाष केसी रहेका छन् ।

उनीहरुले एउटै नियमित वा चार्टडबाट ५ जना सम्म ल्याइ फरक–फरक रेस्क्यु गरेका बताइ करौडौको बीमा दावी गरेको देखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी मनोज केसीले जानकारी दिए ।

त्यस्तै एउटै स्थानबाट चार्टडमार्फत आएका धेरै पर्यटकलाई छुट्टाछुटै स्थानबाट फरक फरक समयमा रेस्क्यू गरेको भन्दै फाइदा उठाएको देखिएको उनले बताए ।

फेक रेस्क्यूमा संलग्नमध्ये बीमा कम्पनीमा दावी गर्नेहरुलाई अहिले कारवाहीको दायरामा ल्याइएको जानकारी दिदै केसीले यसमा अन्य धेरै संलग्न हुन सक्ने भएकाले अनुसन्धान जारी रहेको उल्लेख गरे ।

उनले फेक रेस्क्यूका कारण आर्थिक लाभ मात्रै भन्दा पनि नेपालको पर्यटन क्षेत्रको अन्तराष्ट्रिय छविमा समेत असर पर्ने र बीमा सुविधा समेत बन्द हुन सक्ने अवस्था आउने उल्लेख गरे । पक्राउ परेकाबिरुद्ध राष्ट्रहित कसुर, आपराधिक लाभको कसुर र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...
राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

आइतबार सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे ।
राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी

महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ कांग्रेसका  चन्द्रबहादुर केसी र अपाङ्ग/अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी भएका हुन ।