नेभिगेशन
समाज

फेक रेस्क्यूमा संलग्न बिभिन्न ट्राभल एजेन्सीका सञ्चालक सीआइबीको फन्दामा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न बिभिन्न ट्राभल एजेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सीआईबीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पर्वतीय क्षेत्रबाट नक्कली उद्धार कागजात तयार गरि ठगी गरेको आरोपमा बिभिन्न ट्राभल एजेन्सीका ६ जनालाई पक्राउ गरिएको जनाएको हो ।

Ncell
Extreme Energy

पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया तथा एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक एवं प्रबन्धक सुभाष केसी रहेका छन् ।

उनीहरुले एउटै नियमित वा चार्टडबाट ५ जना सम्म ल्याइ फरक–फरक रेस्क्यु गरेका बताइ करौडौको बीमा दावी गरेको देखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी मनोज केसीले जानकारी दिए ।

त्यस्तै एउटै स्थानबाट चार्टडमार्फत आएका धेरै पर्यटकलाई छुट्टाछुटै स्थानबाट फरक फरक समयमा रेस्क्यू गरेको भन्दै फाइदा उठाएको देखिएको उनले बताए ।

फेक रेस्क्यूमा संलग्नमध्ये बीमा कम्पनीमा दावी गर्नेहरुलाई अहिले कारवाहीको दायरामा ल्याइएको जानकारी दिदै केसीले यसमा अन्य धेरै संलग्न हुन सक्ने भएकाले अनुसन्धान जारी रहेको उल्लेख गरे ।

उनले फेक रेस्क्यूका कारण आर्थिक लाभ मात्रै भन्दा पनि नेपालको पर्यटन क्षेत्रको अन्तराष्ट्रिय छविमा समेत असर पर्ने र बीमा सुविधा समेत बन्द हुन सक्ने अवस्था आउने उल्लेख गरे । पक्राउ परेकाबिरुद्ध राष्ट्रहित कसुर, आपराधिक लाभको कसुर र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै