नेभिगेशन
समाज

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालक पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी रहेका छन् । पक्राउ परेका रिमाल र पाण्डे माउन्टेन रेस्क्यू सर्भिसमा, अधिकारी र थपलिया नेपाल चार्टर सर्भिस प्रालिमा र पाण्डे र कसी एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिमा आबद्ध रहेका थिए ।

Ncell
Extreme Energy

पत्रकार सम्मेलनमा ब्यूरोका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा मनोज केसीले पक्राउ परेका छ जनामाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहेको बताए । 

Fake-rescue-2-1769352927.jpg
उनले माउन्टेन रेस्क्यू सर्भिस प्रालिले एक हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए । सोवापत उक्त कम्पनीले १० करोडभन्दा बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको ब्यूरोले जनाएको छ ।

यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । त्यसबाट उक्त कम्पनीले ८२ लाख डलर माग दाबी गरेको पाइएको छ । 

यसैगरी, एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शङ्कास्पद रेस्क्यु गरेको खुलेको छ । त्यसबाट उक्त कम्पनीले ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको ब्यूरोले जनाएको छ ।

CIB-1769352927.jpg
ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको खबरलाई लिएर अनुसन्धान सुरु गरेका थियौँ,” उनले भने,“साढे दुई महिनाको अनुसन्धान गर्दा फेक रेस्क्यूबारे धेरै पाटा खुलेको छन् । थप अनुसन्धान जारी छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै