नेभिगेशन
समाज
प्रतिनिधिसभा निर्वाचन-२०८२

सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

काठमाडौँ । सिरहामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रौनक बढेको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका र मन्त्री भइसकेका नौ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्षेत्र नं ४ मा पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले यस क्षेत्रलाई सबैको चासोको केन्द्र बनाएको छ । सिरहा निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निवर्तमान युवा तथा खेलकुदमन्त्री रहनुभएका बब्लु गुप्ताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

Ncell
Extreme Energy

त्यसैगरी क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वकानूनमन्त्री लीलानाथ श्रेष्ठ र नेकपाबाट पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री विश्वनाथ साह चुनावी मैदानमा छन् । उनीहरु दुई पुराना र अनुभवी नेता भएकाले पनि दुबैबीचको प्रतिस्पर्धाले यहाँको चुनावी माहोललाई थप तताएको छ ।

सिरहा क्षेत्र नं ४ मा भने पाँच जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । यहाँ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, नेकपाबाट पूर्वन्याय तथा कानूनमन्त्री अजयशङ्कर नायक, र नेकपा (एमाले)बाट पूर्वसामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साह मुख्य प्रतिस्पर्धीका रूपमा छन् ।

यसका साथै, जनमत पार्टीकातर्फबाट पूर्ववन तथा वातावरणमन्त्री वीरेन्द्र महतो र बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वविज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवान पनि यसै क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।

पुरानै र पटकपटक मन्त्री भइसकेका नेताको बाहुल्यता रहेको यस क्षेत्रमा नेपाली कांग्रेसले भने नयाँ अनुहारका रूपमा चन्द्रकला देवी यादवलाई अगाडि सारेको छ । त्यस्तै, यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तपेश्वर यादवलाई आफ्नो उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले ११ वटा निर्णय गरेको छ ।
मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मंगलबार दिउँसो प्रदर्शनको नेतृत्व गरेका सहकारी पीडितहरुलाई मन्त्री रावलले मन्त्रालयमै भेट गरेकी थिइन् । मन्त्री रावलले आफूले काम गर्दा गर्दै उनीहरुले अनावश्यक दवाव दिनु उचित नभएको बताएकी थिइन्...
विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

महाधिवेशनबाट पारित भएभन्दा भिन्न विधान छापिएको र संसदीय दल नेतालाई सभापतिले निर्देशन दिने प्रस्ताव राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गणेश कार्की र डा तोसिमा कार्कीले प्रश्न...
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं । झगडाको चरित्र र स्वभाव पनि...