नेभिगेशन
समाज

महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बहिरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

    जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै  विकेट गुमाउँदै ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् ।

Ncell
Extreme Energy

    त्यस्तै  विन्दु रावलले १४ तथा रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    स्कटल्यान्डका लागि अब्ताहा मकसुदले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले समान दुई–दुई विकेट लिए । यसैगरी राहेल स्लेटर र ओलिभिया बेलले समान एक एक  विकेट लिए ।
     
    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो । स्कटल्यान्डका लागि प्रियनाज चटर्जीले सर्वाधिक ४५ रनको योगदान दिइन् भने एल्सा लिस्टरले २२, सारा ब्राइसले १८, मेगन म्याककोलले १७ तथा राहेल स्लेटरले ११ रन बनाए ।

    नेपालका लागि मनिषा उपध्यायले सर्वाधिक चार विकेट लिइन् भने रुविना क्षेत्रीले तीन विकेट लिइन् । त्यस्तै  रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक–एक  विकेट लिए । यस  हारसँगै चार खेल खेलेको नेपालले एकमा जित तथा बाँकी खेलमा पराजय भोग्यो । दुई अङ्क जोडेको नेपाल  समूह ‘बी’ को चौथो स्थानमा रह्यो । जित निकालेको स्कटल्यान्डले भने समान खेलबाट चार अङ्कका साथ सुपर सिक्सको यात्रा तय गरेको छ ।
---

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।