नेभिगेशन
मुख्य समाचार

महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बहिरिएको हो ।

    जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै  विकेट गुमाउँदै ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् ।

CG

    त्यस्तै  विन्दु रावलले १४ तथा रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    स्कटल्यान्डका लागि अब्ताहा मकसुदले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले समान दुई–दुई विकेट लिए । यसैगरी राहेल स्लेटर र ओलिभिया बेलले समान एक एक  विकेट लिए ।
     
    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो । स्कटल्यान्डका लागि प्रियनाज चटर्जीले सर्वाधिक ४५ रनको योगदान दिइन् भने एल्सा लिस्टरले २२, सारा ब्राइसले १८, मेगन म्याककोलले १७ तथा राहेल स्लेटरले ११ रन बनाए ।

    नेपालका लागि मनिषा उपध्यायले सर्वाधिक चार विकेट लिइन् भने रुविना क्षेत्रीले तीन विकेट लिइन् । त्यस्तै  रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक–एक  विकेट लिए । यस  हारसँगै चार खेल खेलेको नेपालले एकमा जित तथा बाँकी खेलमा पराजय भोग्यो । दुई अङ्क जोडेको नेपाल  समूह ‘बी’ को चौथो स्थानमा रह्यो । जित निकालेको स्कटल्यान्डले भने समान खेलबाट चार अङ्कका साथ सुपर सिक्सको यात्रा तय गरेको छ ।
---

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट पहिलो पटक  ६ जना प्रत्यक्ष उम्मेदवार

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट पहिलो पटक  ६ जना प्रत्यक्ष उम्मेदवार

यस अवसरमा सोमबार पार्टीले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मंसिर ९ गते पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले पहिलोपटक आफ्नै पार्टी गठन...
नेपालगंज पुगे बालेन

नेपालगंज पुगे बालेन

फागुन २१ को निर्वाचन लक्षित भेटघाटका लागि सुदूरपश्चिम पुगेका उनले जिल्लाका नागरिक तथा उम्मेदवारहरुसँग भेटघाट तथा छलफल गर्ने छन् ।
माघ लागेपछि किसानले बल्ल सुन्तला टिप्न थाले

माघ लागेपछि किसानले बल्ल सुन्तला टिप्न थाले

यसपालि दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा उत्पादन हुने अनुमान गरिएको दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम...
बालेनको निर्वाचन क्षेत्रमा सुरु भयो रास्वपाकाे घरदैलो

बालेनको निर्वाचन क्षेत्रमा सुरु भयो रास्वपाकाे घरदैलो

आज बिहान दमक ९ स्थित उराव बस्तीबाट सुरू भएको घरदैलो पाणिनी स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै समापन गरिएको थियो...