नेभिगेशन
समाज

त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले परीक्षासम्बन्धी कामका लागि देशका जुनसुकै कुनाबाट पनि काठमाडौँ नै आउनुपर्ने अवस्था अन्त्य गर्न माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीका अनुसार विश्वविद्यालयलले परीक्षा प्रणाली विकेन्द्रीकरण नगर्दा मौका परीक्षा तथा स–साना कामका लागि पनि काठमाडौँ नै आउनुपर्ने विद्यार्थीको बाध्यता रहेको छ । उनले भने, “खासगरी दुर्गमका र कमजोर शारीरिक अवस्थाका विद्यार्थी यसबाट बढी पीडित छन्”, ।

Ncell
Extreme Energy

मागबारे ध्यानाकर्षण गराउन सोमबारदेखि परीक्षा नियन्त्रण कार्यालयको प्रवेशद्वारमा धर्ना सुरु गरिएको सभापति जोशीले जानकारी दिए । यसको समाधानका लागि कम्तीमा आफ्ना प्रदेश भित्रै परीक्षा दिन पाउने व्यवस्था हुनुपर्ने विद्यार्थीको माग छ ।

“विश्वविद्यालय एप चलाउन पटक–पटक भन्यौँ, तर अहिलेसम्म भएको छैन । त्रिविको परीक्षा नियन्त्रण कार्यालय समयअनुरुप डिजिटल हुन नसक्नु र काठमाडौँ केन्द्रित संरचनाका कारणले विद्यार्थीले अनावश्यक दुःख पाइरहेका छौँ”, स्ववियु सदस्य प्रदीप कार्कीले भने । पहिलेभन्दा केही सुध्रिए पनि अधिकांश नतिजा ढिलो आउने गरेको उनको भनाइ छ ।

विद्यार्थीले हरेक प्रदेशमा मौका परीक्षा केन्द्र, परीक्षा प्रणालीको पुनःसंरचना, शोधपत्रको मूल्याङ्कन प्रदेशमै, समयमै परीक्षा र समयमै नतिजाको सुनिश्चितता, पूर्ण डिजिटल प्रणाली, प्रमाणपत्र वितरणको विकेन्द्रीकरण तथा पुनः योग र पुनःपरीक्षणको सुदृढीकरण जस्ता माग राखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...
शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन घोषणा गरे पनि तत्काल आन्दोलनमा जाने अवस्था आफूले नदेखेको दाबी गरेका छन् ।
हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै सरकारले उद्योगका लागि आवश्यक कपास स्वदेशमै उत्पादन गर्ने योजना अघि सारेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले कपास खेतीमा निजी क्षेत्र र व्यवसायीलाई...
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।