नेभिगेशन
मुख्य समाचार

विधायन व्यवस्था समितिद्वारा चलचित्र विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो ।

चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनमार्फत उद्योगको रुपमा बिकास गर्न तथा स्वदेशी चलचित्रको बिकास, विस्तार, प्रवद्र्धन र नियमन गर्न नयाँ बन्ने कानूनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

CG

चलचित्र क्षेत्रलाई समयानूकल बनाउन विधेयकले धेरै बिषय समेटेको उनको भनाइ छ । २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरि संघीय संरचना र नयाँ प्रविधि अनुरुप बनाउन सरकारले चलचित्रसम्बन्धी विधेयक तर्जुमा गरेको थियो ।

विधेयकमा चलचित्र बिकास बोर्डलाई स्वायत्त र अधिकार सम्पन्न संस्थाका रुपमा बिकसित गर्नेदेखि नियम, जवाफदेहीता लगाएतमा समेत जोड दिइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई

नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरि तोक्ने...
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिलीमा १६ जनप्रतिनिधिको मत बदर

राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिलीमा १६ जनप्रतिनिधिको मत बदर

यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसमेत गरी २१७ मध्ये २०८ जना प्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका थिए । जसमा १० मत बदर भएको...