नेभिगेशन
मुख्य समाचार

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक युवाको मृत्यु भएको छ । माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

सोमबार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला गएका उनलाई गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट गम्भीर घाइते भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक खनालले बताए ।

CG

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार दुवै जनाको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक दुई दिनपछि सञ्चालन

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक दुई दिनपछि सञ्चालन

भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो । कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार...
दूतमार्ग निमार्णका क्रममा धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

दूतमार्ग निमार्णका क्रममा धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री कार्कीले भने, “स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिइ समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी...
सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार तीन सय

सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार तीन सय

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ...
सुदूरपश्चिम दौडाहामा रास्वपा वरिष्ठ नेता बालेन शाह

सुदूरपश्चिम दौडाहामा रास्वपा वरिष्ठ नेता बालेन शाह

सुदूरपश्चिम दौडाहामा रहेको वरिष्ठ नेता शाह मंगलबार कैलाली तथा कञ्चनपुरका विभिन्न क्षेत्रहरुमा जनसम्पर्क तथा अभिवादन अभियान कार्यक्रममा सहभागि हुृने उनको सचिवालयले जनाएको छ । कैलालीको टिकापुरबाट सुरुहुने नेता...