नेभिगेशन
मुख्य समाचार

सुदूरपश्चिम दौडाहामा रास्वपा वरिष्ठ नेता बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा जनसम्पर्क तथा अभिवादन अभियान कार्यक्रममा सहभागि हुने भएका छन् ।

सुदूरपश्चिम दौडाहामा रहेको वरिष्ठ नेता शाह मंगलबार कैलाली तथा कञ्चनपुरका विभिन्न क्षेत्रहरुमा जनसम्पर्क तथा अभिवादन अभियान कार्यक्रममा सहभागि हुृने उनको सचिवालयले जनाएको छ । कैलालीको टिकापुरबाट सुरुहुने नेता शाहको यो यात्रा लम्की, बर्दगोरिया, सुखड, पहलमानपुर, मसुरिया, चौमाला, अत्तरिया हुदै धनगढीका विभिन्न क्षेत्रमा उनको स्वागत तथा अभिवादन कार्यक्रम रहने उनको सचिवालयले जनाएको छ ।

CG

त्यस्तै, अप्रान्हपछि भने उनी कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा आयोजना हुने कार्यक्रममा सरिक हुने जनाइएको छ ।  आजै उनी कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिका, झलारी नगरपालिका हुदै बेलुका कञ्चनपुरको महेन्द्रनगर पालिकाको मदनचोकमा आयोजना हुने स्वागत तथा अभिवादन कार्यक्रममा सहभागि रहेन बालेनको सचिवालयले जनाएको छ ।

केहिदिन सुदूरपश्चिम प्रदेशमा रहने रास्वपा वरिष्ठ नेता शाहले त्यहाँ रहदा मूख्यतया आफ्ना शुभेच्छुक तथा समर्थकसंगै पार्टीका नेता, कार्यकर्ता र रास्वपा उम्मेदवारहरुसंग भेटघाटमा रहने जनाइएको छ । उनको यो सुदूरपश्चिम दौडाहालाई विशेषतह आसन्न पार्टीको चुनावी आभियानलाई सफल पार्ने रणनीतिका रुपमा हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
स्पष्टीकरण पेस गर्न बालेनलाई निर्वाचन आयोगको पत्र

स्पष्टीकरण पेस गर्न बालेनलाई निर्वाचन आयोगको पत्र

झापा ५ बाट रास्वपा उम्मेदवार रहेका बालेन शाहलाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै परेको उजुरीका आधारमा आयोगले मङ्गलवार स्पष्टीकरण सोधेको हो । सोही क्षेत्रबाट एमालेका उम्मेदवार रहेका...
युवाहरुको एक समुहद्वारा संसद पुनःस्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन

युवाहरुको एक समुहद्वारा संसद पुनःस्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा बिचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरुको विश्वास छ । उनीहरुले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र बैधानिक तवरबाट...
हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक दुई दिनपछि सञ्चालन

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक दुई दिनपछि सञ्चालन

भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो । कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार...
दूतमार्ग निमार्णका क्रममा धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

दूतमार्ग निमार्णका क्रममा धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री कार्कीले भने, “स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिइ समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी...